Ads

Saturday, December 3, 2016

मृगौला पिडित गुरुङ आर्थिक अभावका कारण समस्यामा,सहयोगको लागी अपिल

Posted By: Samsung - 5:17 PM

Loading...

Loading...



राजकुमार आले 
मंसिर १९, दुलेगौँडा । तनहुँका एक मृगौला पिडित युवा आर्थिक अभावका कारण जीवन र मृत्युको दोसाधमा छन् । तनहुँ फिरफिरे गाविस वडा नं- २ ओझामा जन्मिएर हाल शुक्लागण्डकी नगरपालिका-५ बेलचौतरा निवासी ३० बर्षिय राम बहादुर गुरुङ आर्थिक अभावका कारण समस्यामा परेका हुन् । 
बैदेशिक रोजगारीको लागी ओमन गएका गुरुङ ३ बर्ष अगाडी छुट्टीमा घर आउदाँ उनको स्वास्थ्यमा समस्या देखिएको थियो । स्वास्थ्य जाँच गराउदाँ दुवै मृगौलामा समस्या देखिएको उनी बताउँछन् । 


गुरुङले हाल हप्तामा २ देखि ३ पटकसम्म नियमित डायोलोसिस गर्ने गरेका छन् । एक बर्ष देखि दमौली अस्पतालमा डायोलोसिस गराउदैँ आएका गुरुङले एक पटक डायोलोसिस गर्दा २५ सय देखि ३ हजार ५ सय सम्म खर्च हुने बताए । उनले भने ‘’ आम्दानीको कुनै श्रोत छैन,अहिले डायोलोसिस निशुल्क भए पनि औषधी र रगतको लागी बढी खर्च हुन्छ ।’’ अहिलेसम्म आफन्तहरुको दया,माया र सहयोगबाट औषधी गरिरहेको छु ।

उनले हाल सम्म १५ देखि १६ लाख खर्च गरी सकेका छन् । उनले दुखेसो पोखे ’’स्वास्थ्यमा अन्य समस्या देखिए हप्तै पिच्छे ३ पटक डायोलोसिस गर्नुपर्छ। कमाउने म आफै विरामी भएर यसरी अरुको साहारामा बाँचेको छु, उपचारको लागी ऋण पाउन पनि गाह्रो छ ।’’ ऋण दिन अब त मलाई कस्ले पत्याउँछर ?’’


गुरुङलाई बेला बेला सास फेर्न गाह्रो हुने,खकारमा रगत देखिने गर्छ भने अहिले निमोनियाको समेत समस्या देखिएको छ । उनले आफ्नो जीवन रक्षाका लागी जति सकिन्छ त्यति सहयोग गरि दिन अपिल गरेका छन् । गुरुङको श्रीमती,एक छोरी र एक छोरा छन् ।

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy