Ads

Thursday, December 1, 2016

भिमाद महोत्सवमा दर्शकको उत्साहजनक उपस्थिती , भोलि पशुपति शर्मा आउने

Posted By: Samsung - 2:25 PM

Loading...

Loading...



मंसिर १६, भिमाद । तनहुँको भिमाद खेल मैदानमा जारी प्रथम भिमाद महोत्सवको सातौ दिन आज  ३० हजार बढी  दर्शकले अवलोकन गरेका छन् । कला संस्कृतिको संरक्षण, कृषि, पर्यटन र व्यापार प्रथम भिमाद महोत्सव, हाम्रो विकासको पुर्वधार भन्ने मुल नाराका साथ मंसिर १० गतेबाट सञ्चालित महोत्सवमा बिहीबार आज  २० लाख रुपैयाँ बराबरको आर्थिक कारोबार भएको महोत्सवका प्रवक्ता गोपाल पराजुलीले जानकारी दिए । 

आज महोत्सवमा चर्चित लोकदोहारी गायिका देवी घर्ती मगर गायक रमेशराज भट्टराई, बिनु खाती र हास्यकलाकार राजाराजेन्द्र लगायत स्थानिय कलाकारहरुले उपस्थित दर्शकलाई आ–आफ्नो प्रस्तुतिले मनोरञ्जन  प्रदान गरेका थिए ।  महोत्सवको आठौँ दिन शुक्रबार चर्चित लोकदोहारी गायक पशुपति शर्मा, शंकर पन्त, उमादेवी खनाल, आधुनिक गायक सञ्जिव सिंह राना, हास्य कलाकार सुरज भिरखोईरे लगायतका स्थानिय कलाकारहरुको प्रस्तुति रहनेछ ।  

भिमाद नगरोन्मुख गाउँ विकास समिति, नेपाल आदिवासी जनजाति महासंघ गाउँ समन्वय परिषद् भिमाद सहआयोजक रहेको महोत्सवमा स्थानीय स्तरमा उत्पादित कृषिजन्य वस्तु, मास, बोडी, पिडालु, सुन्तला, अदुवाको बिक्री वितरणलाई महोत्सवले प्राथमिकता दिइएको आयोजकले जनाएको छ । महोत्सवले लोपको संघारमा पुगेका विभिन्न समुदायका कला, संस्कृति, धार्मिक एवं ऐतिहासिक स्थलको संरक्षण, पर्यटकीय क्षेत्रको पहिचान, भीमाद क्षेत्रको सामाजिक, आर्थिक रुपमा विकासमा थप टेवा पुग्ने बताईएको छ । 

मंसिर १९ गतेसम्म चल्ने महोत्सवको २ लाख दर्शकले अवलोकन गर्ने, ४ करोड रुपैयाँ बराबरको आर्थिक कारोबार हुने आयोजककोे लक्ष्य रहेको बताईएको  छ ।


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy