Ads

Monday, November 7, 2016

दूध बेचेरै मासिक एक लाख अाम्दानी

Posted By: Samsung - 11:27 PM

Loading...

कार्तिक २३,पोखरा। मेहनत गरे स्वदेशमै पनि कमाउन सकिन्छ भन्ने उदाहरण कास्कीको लेखनाथ नगरपालिका–१७ खैरेनीका नीलकण्ठ पौडेलले सञ्चालन गरेको गाईपालन व्यवसाय नै एक उदाहरण बनेको छ। उनले दूध बेचेर मासिक एक लाख रुपैयाँ आम्दानी गर्दै आएका छन्।
‘खैरेनी कृषि फार्म’ दर्ता गरी विगत सात वर्षदेखि यस व्यवसायमा लागेका पौडेलले दैनिक ११० लिटर दूध बिक्री गर्दै आएका छन्। उत्पादन गरेको दूध पोखराको सुजन डेरीले खरिद गर्ने गरेको छ। उनले अहिले १३ वटा उन्नत जातका गाई पालेका छन्। यस व्यवसायमा उहाँका दम्पति दिनरात खट्छन् ।
गाईपालन व्यवसायबाटै उनले थप जमिन पनि किन्नाका साथै २० लाख खर्चेर नयाँ पक्की घरसमेत बनाएका छन्। 'सबै विदेश गएर पैसा कमाउने गरेका छन् तपाईं किन जानु भएन नि' भनी सोध्दा आफ्नै देशमा मेहनत गरेर प्रशस्त कमाउन सकिँदोरहेछ किन विदेश जानुपर्यो भन्ने उनको जवाफ थियो।
'एकपटक भर्ती हुन्छु भनेर भारतको गोरखपुर गएको थिएँ, बाबुआमा बिरामी भएको खबर सुनेपछि तुरुन्तै फर्केर आएँ, त्यसपछि विदेश जाने सोच कहिल्यै गरिनँ,'उनको भनाइ थियो।त्यही व्यवसायबाट तीन वटा छोरालाई निजी विद्यालयमा पढाएका उनका ठूलो छोराले स्नातकोत्तर, अर्कोेले बिएस्सी र कान्छो छोरो ९ कक्षामा पढ्दै छ।
कास्कीको सिल्दुजुरे गाउँमा जन्मिएका पौडेल आफू मुख र मुठी मात्र लिएर यो ठाउँमा आएको र छोटै समयमा यत्तिको प्रगति गर्न पाएकामा सन्तुष्ट भएको बताउँछन्। उनले अहिले घाँसका लागि १२ रोपनी जमिन भाडामा पनि लिएका छन्।
सबै छोरालाई स्नातकोत्तरसम्मको उच्च शिक्षा दिने र उनीहरु सरकारी जागिरमा लागेर आत्मनिर्भर नबनेसम्म आफू यस पेसामा निरन्तर लाग्ने उनको अठोट छ। रासस

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy