Ads

Saturday, November 12, 2016

पढ्ने उमेरमा जेलमा बस्न बाध्य छन् बालबालिका

Posted By: Samsung - 7:22 PM

Loading...

कात्तिक २८,रोल्पा । जिल्ला कारागार शाखा रोल्पामा चार नाबालक आमासँगै कैदी झैँ जेल जीवन बिताउन बाध्य रहेका छन् । विभिन्न अभियोगमा जेल जीवन बिताइरहेका चार महिला कैदीले आफ्ना ती नाबालकलाई कारागारमा आफूसँगै राख्न बाध्य भएका छन् । 

यसरी कारागारमा कैद जीवन बिताउने बालबालिकामा रुकुमकी मीरा विक, रोल्पा इरिवाङका हुकुम पुन, थवाङका शक्तिमान पुन र थवाङकै आशा परियार रहेको कैदी हुकुम बुढाले बताउनुभयो । 

छोरी पढाउन दाङ कारगारमा सरुवा मागेको भए पनि रोल्पा सरुवा गरेका कारण छोरीको भविष्य अन्धकार भएकामा दुखेसो पोखिन् रुकुम घर भएकी कैदी लगन विकले । 

आमा अपराधमा संलग्न भएपछि बालबालिकाको घरमा रेखदेख गर्ने मान्छे नहुँदा उनीहरु जेलमा बस्न बाध्य हुँदै आएको बताइन्छ । 

पाँच वर्षमुनिका यी बालबालिका शिक्षा आर्जन गर्ने नैसर्गिक अधिकारबाट वञ्चित हुनु मानव अधिकारको गम्भीर उल्लङ्घन भएको महिला मानव अधिकार रक्षकहरुको जिल्ला सञ्जाल रोल्पाका अध्यक्ष तीर्था आचार्यले बताउनुभयो ।

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy