Ads

Saturday, November 19, 2016

सम्मानपत्र प्रदान कार्यक्रम सम्पन्न

Posted By: Samsung - 6:31 PM
Loading...



४ मंसिर, स्याङ्गजा । स्याड्जा चित्रे भञ्ज्याङ्मा स्थानीय युवाहरुको सक्रियतामा स्थापना गरिएको “संस्कृति संरक्षण मञ्चले” गत सुक्रबार एक कार्यक्रम आयोजना गरी स्थानीय तहमा आफ्नो भाषा, लोक संस्कृति र वातावरण संरक्षणमा सहयोग गर्ने समाजका ३१ जना अगुवाहरुलाई खाँदा वडाएर सम्मापत्र प्रदान गर्यो । सम्मानपत्र पाउने महानुभावहरुमा निर्मल थापा लाटोमगर, सु. श्री तेजबहादुर थापा, श्री केशरबहादुर थापा, श्री हिमाल राना, श्री गँुरास राना, श्री कुमार राना, श्री पर्वत राना, श्री नरेन्द्र राना, श्री डिल राना, श्री खड्कबहादुर राना, श्रीसन्तोष राना, श्री भविश्वर राना, श्री टेक बहादुर थापा, श्री श्री पहलसिं राना, श्री अनुराना मगर, श्री रस्मिता रानामगर, श्री बाबुराम रानामगर, श्री प्रेम थापा लगायतका व्यक्तिहरु प्रदान गरिएको थियो ।
आयोजकका अनुसार जसले सो संस्थालाई रु ५ हजार देखि रु २० हजार सहायोग प्रदान गर्दै आएका थिए र छन् उनीहरुलाई मात्र सम्मानपत्र दिइएको कुरा उल्लेख गरिएको थियो । २०६९ सालमा स्थापित सो मञ्चका संयोजक श्री रिमबहादुर रानाको अध्यक्षतामा संम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथी वडा संयोजक श्री शेरबहादुर राना थिए भने विशेष अतिथीहरुमा समाजसेवी निर्मल थापा लाटोमगर, लेखक नारायण कैलास सिग्देल, समाजसेवी मनोरथ सर्मा र युवा नेता पदम थापा थिए ।
कार्यक्रको जानकारी संयोजक रिमबहादुर आफैले गरेका थिए भने कार्यक्रम सञ्चालन अमृता थापाले गरेकी थिइन् ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy