Ads

Saturday, November 26, 2016

नवलपरासीमा जीप दुर्घटना, ७ जनाको मृत्यु, १८ घाइते

Posted By: Samsung - 4:38 PM
Loading...

मंसिर १२, नवलपरासी।  नवलपरासीको पहाडी बुलिङटारको वडा नम्बर ८ बतासामा  जीप दुर्घटना  हुँदा  सात जनाको ज्यान गएको छ । १८ जना घाइते भएका छन्  ।
प्रहरी चौकी बुलिङटारका अनुसारका  दलदलेबाट डाँडाझेरीको छरछरेका लागि छुटेको ग  १ ज  ३६३२ नम्बरको  जीप दुर्घटना भएको हो ।
दुर्घटनामा डाँडाँझेरी छरछरेका २८ वर्षकी समन्ती बाचे,  ५२ वर्षका खिमबहादुर बाचे, ४२ वर्षका लोकबहादुर बाचे, २२ वर्षका दीपक फाल, ४० वर्षका जयबहादुर बाचे, ४९ वर्षका किशन बाचे र ६० वर्षका रेशबहादुर बाचेको ज्यान गएको प्रहरीले जनाएको छ ।
बुलिङटार चौकीमा गाउँको झगडाको विषयमा छलफल गरी फर्किएकाहरु शनिबार राति दुर्घटनामा परेका  हुन्  । जीप सडकबाट तल खसेर दुर्घटना भएको हो ।
पहाडी क्षेत्र भएकाले दुर्घटना लगतै  घाइतेहरुको उद्धार गर्न कठिनाई  भएको  थियो । घाइतेलाई आइतबार बिहान मात्रै चितवनको भरतपुर मेडिकल कलेज र नारायणी सामुदायिक अस्पतालमा लगिएको  छ  ।
ज्यान गुकाएकाको शव पोष्टमार्टका लागि प्राथमिक स्वास्थ्य  केन्द्र  दुम्कौलीमा राखिएको  छ । एउटै गाउँका मान्छेहरु दुर्घटना परी  ज्यान गुमाएपछि छरछरे गाउँ शोकमा डुबेको  छ  । जीप चालक समेत गम्भीर घाइते भएका छन्  । दुर्घटना स्थल  पूर्वपश्चिम राजमार्गबाट ५० किलोमिटर उत्तरमा पर्छ  ।
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy