Loading...

काठमाडौं । अभिनेता दयाहाङ राईकै जन्मदिन पारेर फिल्म ‘घामपानी’ रिलिज हुने भएको छ। दयाहाङको जन्मदिन वैशाख १ हो । त्यसैले फिल्म निर्माण समूहले २०७४ साल वैशाख १ मा ‘घामपानी’ रिलिज गर्ने निर्णय गरेको एक प्रेस विज्ञप्ति मार्फत जनाएको छ।
फिल्मका निर्माताहरुले वितरकहरुसँग छलफल गरी बुधबार रिलिज डेटको टुंगो लगाएका हुन्। दर्शक र फिल्म दुवैका लागि राम्रो अवसर भएकाले नयाँ वर्ष छानिएको निर्देशक दीपेन्द्र लामाले बताए।
जन्मदिनमै पारेर ‘घामपानी’ रिलिज गरिँदा दयाहाङप्रति शुभकामना र सम्मान दुवै हुने भएकाले पनि निर्माताहरुले वैशाख १ लाई रोजेका हुन् । फिल्ममा दयाहाङ फुर्वा तामाङ नामक पात्रको भूमिकामा छन् ।त्यस्तै दयाकी जोडी बनेकी केकी अधिकारी भने तारा शर्मा नामक युवतीको भूमिका देखिनेछिन्।
फिल्म समीक्षक तथा रंग पत्रकार दीपेन्द्र लामाको निर्देशकिय डेब्यू ‘घामपानी’को हाल सिन्धुलीका निबुवाटार र सातपत्रे गाउँमा फिल्मको सुटिङ भइरहेको छ।
फिल्ममा दयाहाङ र केकीका अलावा यस फिल्ममा अंकित खड्का, सिल्सा जिरेल, पुष्कर गुरुङ, प्रकाश घिमिरे, बुद्धि तामाङ, अरुणा कार्की, कविता आले, मणिराम पोखेरल, अमोघ पोखरेल, लक्ष्मी बर्देवा, केशव राई प्रेमवर्षा खड्कालगायतको अभिनय रहेको छ।
'घामपानी'ले पनि वैशाख १ लाई रिलिज मिति तोकेसँगै उक्त मितिमा रिलिज हुने नेपाली फिल्मको संख्या ३ पुगेको छ। यसअघि 'लभ लभ लभ' तथा 'राधे'ले पनि वैशाख १ मा आउने घोषणा गरिसकेका छन्।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला Loading...
Loading...

0 comments:
Post a Comment