Ads

Thursday, October 6, 2016

दसैंको शुभ साइतमा छविराज र सिल्पा लगनगाठोमा बाँधिने

Posted By: Samsung - 1:04 AM

Loading...


काठमाडौँ  । नेपाली सिने जगतका बाग निर्माता छविराज ओझा र नायिका सिल्पा पोखरेल अन्तत: विवाह बन्धनमा बाँधिने पक्का भएको छ  । नेपाली सिने जगतमा उनीहरुको  प्रेम प्रसङ्गलाई लिएर लामो समयदेखि धेरै गसिप आइरहेका थिए । यो जोडीले अब यहि दसैंको शुभ साइतमा लगनगाठोमा बाँधिने  भएका छन् ।
पारिवारिक सहमतिमै उनीहरुको बिवाह हुन लागेको कुरा स्रोतबाट खुल्न आएको छ। नेपालकी हिरो नायिका रेखा थापाका पूर्वपति समेत रहेका छविराजको यो चौथो विवाह हो । ओझाले आफु एक्लै भएकोले सहारा त चाहिन्छ नै त्यसैले छिटै बिवाह गर्छु भन्दै आईरहेका थिए ।
चर्चित अभिनेत्री रेखा थापासँग करिब ३ बर्ष पहिलेनै अलग्गिएका छवि कनुनी रुपले अलग भने केही समयअघि मात्र भएका हुन् । रेखाको बिछोडमा रहेका छविलाई सिल्पाले लगभग साढे दुई बर्षदेखि साथ दिईरहेकी थीइन्, साथीको रुपमा तर अब त्यो सथित्व एकाएक विवाहमा परिणत हुने पक्का भएको हो ।
सिल्पा पोखरेल अहिले पनि छविसँगै बस्दै आएकी छन्। सिल्पाका बुवाले समेत सहमति जनाएपछि उनीहरुबीच विवाह गर्ने योजना बनेको हो। दशैको टीकाको दिन सिल्पाका बुवा आमाले टीका लगाएर सिल्पालाई छविको आधिकारिक श्रीमति बनाउने तयारी भइरहेको ओझा निकटका एक चलचित्रकर्मीले बताएका छन्।
निर्माता छविराज ओझाको पहिलो पत्नीसँग डिभोर्स भएको थियो भने दोस्रो पत्नी गीताञ्जली सुनारले आत्महत्या गरेकी थिइन। त्यसपछि छविले रेखासँग विवाह गरेका थिए। रेखासँग करिव १२ बर्ष सम्मसंगै बसेका छवि ३ बर्षअघि मात्र रेखाबाट अलग भएका थिए।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

दशैँको मार्मिक भिडियो हेर्नुहोस् 


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy