Loading...
तनहुँ । परदेशी भुमि जापनमा रहेर पनि नेपाली संगीतलाई अत्याधिक माया गर्ने सर्जक एवंम गायक हुन् बिनोद भण्डारी । उनै भण्डारीले परदेशबाटै दशैँ कोशेली “परदेशीको बाटो” बजारमा ल्याएका छन् । भण्डारीको स्वर रहेको गीतमा सर्जक शिव अखेलीका शब्दहरु र बहुचर्चित सर्जक एकनारायण भण्डारीको लय रहेको छ । गीतलाई जापनमै रेकर्ड गरिएको हो ।
गीतमा परदेशीहरुको पिडालाई समेटिएको बताउदै भण्डारीले यसपाली तिहारमा आउन लागेको आफ्नो नयाँ गीत “बहिनी” बाट निकै आशावादी रहेको न्यूजनेपाल २४ सँग बताए ।
भण्डारीकोे स्वरमा हालसम्म ४ गीत बजारमा आईसकेका छन् । उनको स्वरमा बजारमा आएको गीत चारैतिर हावा ले सर्वाधिक चर्चा कमाएको थियो । भण्डारीको निर्देशन र अभिनयमा १ दर्जन म्युजिक भिडियो बजारमा आएका छन् ।
हमाल म्युजिक प्रा.लि.ले बजारमा ल्याएको गीतको भिडियो कुमार के.सी.को निर्देशनम तयार पारिएको हो । गीतमा रमा थपलिय, सुरबिर पण्डित र हमाल म्युजिक प्रा.लि.का सञ्चालक सज्जन हमालको उत्कृष्ट अभिनय छ ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला Loading...
Loading...


0 comments:
Post a Comment