Ads

Saturday, October 1, 2016

प्रेम बानियाँहरु किन भासिन्छन् अमेरिकातिर ? देशको ठेक्का लिएकाहरुले छोराछोरी स्वदेश फर्काउन्

Posted By: Samsung - 4:43 AM

कृष्ण सरगम भट्टराई
काठमाडौं । यो हप्ता सामाजिक मिडियामा एउटा समाचारले राम्रै चर्चा पायो: न्यूज़-२४ मा ‘जय स्वाभिमान’ कार्यक्रम चलाउने चर्चित पत्रकार प्रेम बानियाँ सपरिवार अमेरिका छिरे रे !

कसैले बानियाँलाई झूठो स्वाभिमान भिरेका भगौड़ा भने, कोही हामी विरुद्ध प्रहार गर्ने पात्र पलायन भो भनेर खुशी मनाए भने कसैले डलरको लोभमा छिरेका छ्द्म राष्ट्रवादी भने, कोही छुद्रहरुले त विभिन्न अपराध गरेर अमेरिका भाग्यो सम्म भ्याए ।
कसैले जनतामा स्वाभिमानको उद्घोष गर्ने प्रेम स्वदेशकै उदेकलाग्दो राजनीतिसँग टिक्न नसकेर अमेरिका भासियो भनेर सहानुभूति प्रकट गरे।
म प्रेम बानियाँलाई ब्यक्तिगत रुपमा चिन्दिँन तर उनको प्रस्तुतिको शैलीसँग प्रभावित छु। उनले पनि शायद मलाई चिन्दैनन् । तर, उनको जस्तै धेरै नेपालीको बाध्यता र  रहर अमेरिका प्रवेशका बारेमा केही कुरा लेख्ने हुट्हुटी जाग्यो मलाई ।
सबैले भन्छन् अमेरिका सम्भावनाको देश हो, सपनाको देश हो। संसारकै राजनीतिको केन्द्रबिन्दु अमेरिका भएकै हुनाले होला, नेपाल लगायत विश्वका धेरै मुलुकबाट अमेरिका छिर्नेको लश्कर चलिरहेकै छ ।
पछिल्लो समयमा निजामति सेवाका उच्च ओहोदादेखि लिएर, कलाकार, पत्रकार, बिद्यार्थी, ब्यापारी सबैको लक्ष्य अमेरिका बनेको छ। यसो हुनुमा भासिनेलाई मात्र दोष दिएर कोही उम्कन मिल्दैन । राज्यको मौजूदा परिवेशमा सीमित ब्यक्तिको हालीमुहाली, आर्थिक र सामाजिक  अवस्था पनि जिम्मेवार छ ।
मेरा एक मित्र छन्: दिनेश (नाम परिवर्तन) झण्डै ६ बर्षको बेलायत बसाईपछि देश प्रेमको भूत जागेर सपरिवार नेपाल फर्के, एयरपोर्टमा झर्दा मेरो माटो भनेर धर्ती ढोग्दै पाइला टेकेका मित्र एयरपोर्टदेखि घर पुगुन्जेल ठगै ठगको पन्जामा परे।
एयरपोर्टका कर्मचारीको रुखो ब्यवहार सहँदै बाहिर निस्केका मेरा मित्र दिनेश ट्याक्सीवालाको पन्जामा, त्यसपछि होटलमा पुग्दा होटलवालाकै फन्दामा परे । भोलि बिहान बस चढ्न बसपार्क पुग्दा बसवालाको मनपरी भाडा तिर्नमा बिवस भए । यस्तो लाग्छ, उनले बिदेशबाट डलर टपटप्ती टिपेर ल्याएका हुन् ।
यति मात्र हैन, यात्राका क्रममा उनको झोला समेत हरायो, उनी प्रहरी कहाँ गए । प्रहरीले सुनेको नसुन्यै गर्यो ।
घर पुगेर आफ्ना आमाबाबु धेरै बर्षमा भेट्दा खुशीको सीमा हुँदैन। सबै दुख र झन्झटहरु बिर्सेर भलाकुसारी चल्यो । एक दुई दिन रमाइलै भयो ।
तर, लोडसेडिंग, पानी, ग्यास र राशन समेतको हाहाकार छ । गाडीहरु कथित आन्दोलनले बन्द छन् ।  पसलहरु बन्द छन । पैसा भएकैहरु भोकै छन् । नभएकाहरुलाई के हाल थियो होला ?
अर्को दिन बैंकमा पैसा निकाल्न गए । उनको पैसाको चियों चर्चों गर्नेले उनको पिछा गरे । अन्त्यमा एकान्तमा पुगेपछि पेस्तोल तेर्स्याएर पैसा लुट्छन्। पुर्पुरोमा हात राख्दै घर फर्कन्छन् मेरा मित्र ।
देशलाई परिवर्तन गर्ने ठेक्का लिएकाहरुले पहिला आफ्ना छोराछोरी अमेरिका पठाउन रोक्नुपर्छ कि पर्दैन ? हैनभने तिनीहरुका छोराछोरी राष्ट्रवादी र प्रेम बानियाँहरु कसरी देशद्रोही भए ? कसरी अस्तित्वका लागि देश छाड्नेहरु देशद्रोही भए ?
आफू जन्मेको देश, आफ्ना डाँडाकाँडा पाखा पखेराप्रतिको अपार प्रेम छताछुल्ल भएर स्वदेशमै केही  गरेर वेलायतमा सिकेको सिप र योग्यता पोख्न आतुर भएर स्वदेश झरेका मेरा मित्रले साझेदारीमा एउटा ब्यापार गर्ने भनेर फ़र्म दर्ता गर्छन् आफ्नै नाममा ।
दर्ता गर्दाको झन्झटिलो प्रकृया, घुस नखुवाई कतै काम नहुने, जताततै ठगहरुको बिगबिगी हुँदाहुँदै पनि आफ्नै देशमा केही गर्नुपर्छ भनेर संकल्प लिएका मित्र त्यतिबेला मात्र मेरो सम्पर्कमा आउँछन्, जब उनकै पार्टनर बनेको साथी  २० लाख हत्याएर फ़रार हुन्छ ।
दिनेशले  बचेको पैसा जग्गामा लगाउने बिचार गर्छन्, आफ्नै नजिकका आफन्त पर्नेले १० लाख रुपैयाँ कमिशन खाएर जग्गा किनिदिएको थाहा हुन्छ । त्यही जग्गा पनि नापी लिएर नाप्दा फिल्डमा २ आना कम ठहरिन्छ । मित्रको रीसको पारो चढ्छ । अदालतमा मुद्दा चल्छ, तर प्रमाण पुगेन भन्दै राजनीतिक संरक्षणले उल्टो पूर्वजग्गा धनीले नै मुद्दा जित्छ।
न्याय मरेको देख्छन् आफ्नैअघि मित्रले । उता आफन्तहरुले उनलाई करोडपतिको दर्जामा राखिरहन्छन् । फलानासँग मनग्गे पैसा छ भनेर निर्ब्याज पैसा माग्ने र दुख देखाउनेहरु धेरै आउँछन्।
अब उनी राम्रो कलेज पढाउने नोकरीको कतै केही उपाय लागिहाल्छ कि भनेर आफू सम्वद्ध राजनीतिक दलका नेताहरुकहाँ धाउँछन, भनसून गर्छन् । कसैले उनलाई टेर्दैनन्, सुन्दैनन्। सबै आफ्नै ध्याउन्नमा छन् । उनको कुरो सुन्ने कसैको समय हुँदैन ।
अन्तत: भएको सबै पैसा एकदुई बर्षमै सकिन्छ । त्यही एक टुक्रा जमिन मात्रै बाँकी रहन्छ । संयोगले अमेरिका जाने डीभी परेपछि दुई बर्षअघि फेरि उनी सपरिवार अमेरिका भासिन्छन् ।अहिले उनी अमेरिकामा प्राध्यापन पेशा गर्छन्, जुन अमेरिकाकै आकर्षक पेशाभित्र पर्छ ।
माथिको घटना एउटा प्रतिनिधि घटना मात्र हो । देशमा इमान्दार मान्छेहरु पाइला पाइलामा ठगिने र च्यापिने । सरकारी, गैरसरकारी संस्थाहरु जनताप्रति जिम्मेवार नहुने, गलत कुरालाई नजिर बनाएर न्यायको तेजोवध गरेपछि मान्छेहरु अवसरको खोजीमा हिँड्छन् ।
पत्रकार प्रेम बानियाँले त्यही अवसरको सदुपयोग गरेको हुनुपर्छ। प्रेम बानियाँ तथा उनको कदम पछ्याउने कसैले खुशीले देश छाडेका छैनन् । आफ्ना परम प्रिय आफन्त र साथीभाइ छोड्दा कसको मन अमिलो हुँदैन र ? देशको मायाको  हुट्हुटी अमेरिका आएर सकिन्न बरु अझ बढ्छ ।
२०४६ सालको राजनैतिक परिवर्तन पछि एकाएक बिदेश पलायन हुनेहरुको लहर नै चल्यो । अझ ६० को दशकदेखि त यो क्रम दिन दुगुना रात चौगुना भयो । अहिले भारतबाहेक ५० लाखको हाराहारीमा नेपालीहरु बिदेश पलायन भएको अनुमान छ। यो क्रम दिनदिनै बढिरहेकै छ।
लोकतन्त्रको आगमनपछि नागरिकहरुमा जुन आशाको सञ्चार भएको थियो, त्यो आशालाई भ्रष्ट राजनीति र कर्मचारी प्रशासनले लत्याइदिएपछि सक्नेहरु युरोप र अमेरिका र नसक्नेहरु अरबतिर भाँसिने क्रम झन बढ्यो ।
त्यसो त माओवादी जनयुद्धले विस्थापित भएर पनि कैयौं युवाहरुसमेत विदेश पलायन भए । देशमा चलेको जातीय द्वन्द, संक्रमणकालीन राजनीति र अवसरको कमी र नातावाद एवं कृपावादको हाईहाई भइरहँदा अन्याय र अभाव  सहन नसक्ने युवाहरुले वैकल्पिक बाटो रोज्नै पर्थ्यो । राजनीतिमा राम्रा संकेत नदेखेपछि धेरैले बिदेश रोजे । तीमध्ये कसैले भाग्यले अमेरिकाको डीभी पाए त कसैले मेक्सिको र ग्वाटेमालाको मृत्युपथ हुँदै अमेरिका टेके । कोही पर्यटक बनेर भित्रिए यो क्रम युरोप, अष्ट्रेलियातिर पनि निरन्तर जारी छ ।
आफ्ना साथीभाइले अमेरिका छिरेको केही बर्षमै घर, गाडी र नेपालमा जग्गा जोडेको देख्नेहरुले जसरी पनि अमेरिका टेक्न भगवानका मन्दिरदेखि कन्सल्टेन्सी तथा मानव दलालहरु सबै पुकारे ।
अचेल दश बर्षका बच्चाहरुले पनि ठूलो भएपछि अमेरिका जाने हो भन्नु सामान्य कुरा भैसक्यो । त्यति मात्रै होइन, नेपालमा ठूलासाना विपत्ति पर्दा लाखौँ करोडौँ सहायता विदेशबाट आएको देखेपछि विदेशमा विशेष गरी अमेरिका छिर्नु नेपालमा मैँ हूँ भन्नेहरूको पनि सपना रह्यो। स्वदेशका अंगअंग बिग्रेपछि भ्रष्टहरुको पक्षमा टायर बालेर विकृति च्याप्नु भन्दा सम्भावनाको खोजी गर्न विदेश
हानिए । एउटा सत्य कुरा त के हो भने भ्रष्ट कर्मचारी होस् या नेतृत्व, उनीहरु अमेरिका आउने आवश्यकता पर्दैन । मासिक ७ लाख सम्म भागबन्डामा हात पार्ने भन्सारका कर्मचारीहरुको अमेरिका आउने सपना हुँदैन।
संयोग जुरेका र नूनको सोझो गर्ने इमान्दार ब्यक्ति र टिक्न मुस्किल भएका कर्मचारीहरु र मेहनती मान्छेहरुको गन्तव्य भएको छ अमेरिका ।
अमेरिका, त्यसमाथि संसारकै शक्तिकेन्द्र, जसको ईशारामा संसारका अरु देशहरु चलिरहेकै छन । यस्तो ठाउँ जहाँ कानून सर्बोपरि हुन्छ र गल्ती गर्ने जोसुकै पनि सजायँको भागिदार हुने देखेपछि मान्छेहरु हत्तपत्त अपराध गर्दैनन् । गरे पनि उम्कन पाउँदैनन् । त्यसैले दिनरात मेहनत गर्छन् र केही न केही सञ्चित गर्छन् । यहाँ कसैले अर्काको कुरा काटेर, दलको हनुमान बनेर डलर फल्दैन, त्यसका लागि मजाले डटेर काम गर्नुपर्छ । अनि त्यही मेहनत गरेर जोडेको सम्पति देख्नेहरुलाई अमेरिकाको सपना देख्ने भूत चढ्छ ।
जनताको हितमा गरिने राजनीति, विज्ञान प्रविधिको भरपुर उपयोग र प्रदूषणको कमी, बालबालिकाहरुको शिक्षा, स्वास्थ्य र यातायातमा राज्यको उत्कृष्ट लगानी तथा रोज़गारको प्रचुर सम्भावना, न्यायपूर्ण कानून आदिको प्रत्याभूति देखेपछि मान्छेहरु अमेरिका भासिएको भासियै छन् ।
अहिले विश्वव्यापीकरणको युग हो । त्यसैले मान्छेहरु ब्यक्तिगत स्वतन्त्रता प्रयोग गरेरै अमेरिका आएका हुन् । अमेरिका बसेर नेपालको भ्रष्ट खेमाको राजनीतिको पक्षपोषण गर्ने केही ब्यक्ति तथा संस्थाबाहेक अरु स्वच्छ र निस्कलंक छन्, जसले परेका बेलामा देशको घाउमा मल्हम लगाएका छन् ।
प्रेम बानियाँ र विदेशिएका धेरै युवाहरु स्वदेश फर्केर  जय स्वाभिमान भन्ने दिन आउन हाम्रो धमिलो राजनीति संग्लो हुनुपर्ने छ । त्यतिन्जेलसम्म विदेशबाटै भए पनि  जय स्वाभिमानको उद्घोष भइरहनु पनि नराम्रो हो भनेर कसरी भन्नु र ?

Loading...
लेख्नेले अमेरिका बसेरै पनि मन छुने कृति लेखेका छन्, पुरस्कृत भएका छन्, लेखकीय विचार पोखेर हरेक क्षण विकृति र विसंगति विरुद्ध खनिएका छन् । साँच्चै भन्ने हो भने उनीहरुलाई देशको अपार माया छ । आफू विदेशमा भए पनि पलपल देश दुखेको देख्दा पिरोलिएका छन् ।
अमेरिका बस्ने मात्र होइन, सबै परदेशिएकाले सोचिरहन्छन्: साँच्चै !  हाम्रो देश अमेरिकाजस्तो सम्पन्न भैदिए ! साँच्चै हाम्रो राजनीति पनि यहाँको जस्तै नमूना भइदिए !
अमेरिका सपनाको देश त्यसै भएको होइन । यहाँ दृढ भएर लगनशिलताले काम गर्ने हो भने राम्रो कमाइ गर्न गाह्रो हुँदैन। विशेष गरी सूचना प्रविधि, नर्सिंग, मेडिकल डक्टर, लयर्स, अडिटर र आफ्नै ब्यापार तर्फ धेरै राम्रो कमाइ हुन्छ। अंग्रेज़ीमा दक्ष हुनेले यहाँका सामुदायिक स्कूलहरुमा पढाउने हो भने पनि राम्रो आम्दानी हुन्छ ।
अन्य सीप नभएका र अंग्रेज़ी नजान्नेहरुका लागि यहाँ गाह्रै हुन्छ। तर, सामान्य जीवन बाँच्न त्यति गाह्रो हुँदैन । ट्याक्सी ड्राईभिंग, ग्यास स्टेशनमा क्यासियर , रेष्टुरेन्ट र सुपर मार्केटमा यस्ता धेरै मान्छेले काम गर्छन् । त्यसबाहेक पेन्टिंग, बिल्डर र कन्स्ट्रक्शन्समा काम गर्नेको पनि राम्रै कमाइ हुन्छ।
एकदिन काम गरेको पैसाले राशन मात्र किन्ने हो भने झण्डै दश दिन पुग्छ अमेरिकामा ।
अपार्टमेन्टको भाडा, हेल्थ ईन्स्योरेन्स, कारको ईन्स्टलमेन्ट, कार ईन्स्योरेन्स, टेलिफ़ोन, ईन्टरनेट तथा ग्याँसमा खर्च गरेर पनि केही रकम फूलटाईम काम गर्ने मान्छेले बचाउन सक्छ। दुईजनाले काम गर्ने हो भने त भविश्यका लागि सञ्चित गर्न पनि मदत पुग्छ ।
जे होस् देशले मागेका मान्छे अमेरिका पलायन हुनु राम्रो कुरा पक्कै होइन । तर, देशको राज्यसत्तामा हालीमुहाली गर्नेहरु प्रायः सबैले आफ्ना  छोराछोरी विदेश पठाएर जनताका छोरालाई भर्याङ बनाउने तथा स्वाभिमानी मान्छेहरुलाई काम गर्न नदिई तेजोवध गरिन्छ भने मान्छेले कतै न कतै आफ्नो ठाउँ खोज्छ र खोज्नुपर्छ ।
प्रेम बानियाँ र विदेशिएका धेरै युवाहरु स्वदेश फर्केर  जय स्वाभिमान भन्ने दिन आउन हाम्रो धमिलो राजनीति संग्लो हुनुपर्ने छ । त्यतिन्जेलसम्म विदेशबाटै भए पनि  जय स्वाभिमानको उद्घोष भइरहनु पनि नराम्रो हो भनेर कसरी भन्नु र ?
प्रेम बानियाँकै शब्दमा भन्नुपर्दा राज्यसत्तामा पहूँच भएका टाइवालाहरुले आफ्ना छोराछोरीहरु अमेरिका पठाएर जनताका छोराछोरीहरुलाई टायर बाल्न पठाउने देशमा केही गरौँ भन्ने सोच्नु पनि गलत सावित हुने रहेछ।
Loading...
देशलाई परिवर्तन गर्ने ठेक्का लिएकाहरुले पहिला आफ्ना छोराछोरी अमेरिका पठाउन रोक्नुपर्छ कि पर्दैन ? हैनभने तिनीहरुका छोराछोरी राष्ट्रवादी र प्रेम बानियाँहरु कसरी देशद्रोही भए ? कसरी अस्तित्वका लागि देश छाड्नेहरु देशद्रोही भए ?
देश सम्पन्न र सम्वृद्ध भए कोही विदेश भासिँदैन । अमेरिकनहरु कुन देशमा गएर भासिएका छन् र ? बरु नेपाललाई अमेरिकाजस्तो हाम्रै पालामा बनाउँछु भनेर देशको ढुकुटीमा रजाइँ गर्नेहरुले छातीमा हात राखेर आफ्नै सन्तान स्वदेश फर्काउने हिम्मत राख्न सक्छन् ? देश बनाउने ज़िम्मा तिनका सन्तानको हो कि होइन ? तमाम युवाहरुको एउटै ईच्छा छ: स्वाभिमानको उद्घोष गर्ने कसैलाई विदेशिन नपरोस् । जय स्वाभिमान ! अनलाईनखबर बाट

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

दशैँको निकै मर्मिक भिडियो हेर्नुहोस्
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy