Ads

Monday, October 3, 2016

दसैंका लागि नारायणगढ–मुग्लिन सडकखण्ड सहज

Posted By: Samsung - 6:02 AM

Loading...


चितवन: यस वर्षको वर्षातको समयमा निकै दुःख दिएको नारायणगढ–मुग्लिन सडकखण्डमा दसैँको यात्रा भने सहज हुने भएको छ। देशको मुख्य जीवनरेखाका रुपमा परिचित यो सडकखण्ड विस्तार कार्य थालेसँगै डेढवर्षयता यात्रुले हैरानी व्यहोर्दै आएका छन्।
मुख्यरुपमा राजधानीबाट बाहिरिने लाखौँ सर्वसाधारणलाई लक्षित गर्दै दसैँको यात्रा सहज बनाउन दुई हप्तायता सरकारी र निजी क्षेत्र संयुक्त रुपमा जुटेका थिए। नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सडकमा भएका खाल्टाखुल्टी पुरिएका छन् भने खाल्टो परेका कालोपत्रे सडकमा पनि गिट्टी भरेर कालोपत्रे गरिँदैछ। आँपटारीचोक, जुगेडी, गाईघाट र मुग्लिन नजिक सो कार्य भइरहेको उनले बताए। धुलो कम गर्न तीनवटा ट्याङ्करले पानी छर्किने कार्य गरिरहेको छ।
यातायात आवागमन नरोकिने गरी मात्रै काम गरिएको छ। सो सडकको दासढुङ्गा मोडको पहाड काट्नका लागि छोडिएको ढिस्को पनि सफा गरेर दुईतर्फी सवारी सञ्चालन हुने गरी काम गरिएको छ। पहिरो खसेमा तत्काल पन्छाउनका लागि तीन लोडर, तीन ग्रेडर, तीन ट्रिपर, तीनवटा पानीट्याङ्क र १८ जना जनशक्ति तयारी अवस्थामा राखिएको खनालले बताए। सडकमा गाडी बिग्रिएमा तत्काल किनारा लगाउने काम गरिने उनले बताए।
सो सडकको अत्यधिक पहिरो खस्ने ११ ठाउँमध्ये १० वटा ठाउँमा ४० दिनयता पहिरो नखसेको खनालले बताए। सडकका ४८ ठाउँमा पहिरो खस्न सक्ने जोखिम भए पनि ११ ठाउँमा भने अत्यधिक पहिरो खस्ने गरेको थियो। मुग्लिनबाट चार किमी नारायणगढतर्फ चोर खोलाबाहेकका ठाउँमा पहिरो खस्न रोकिएको उनले बताए।
पहिरोका कारण यसवर्षको वर्षात्मा सो सडकखण्ड १४ घन्टासम्म अवरुद्ध भएपछि यात्रु तर्सिएका थिए। इञ्जिनियर खनालका अनुसार सो सडकखण्डमा हिजो र अस्ति दुई दिन लगाएर २५ वटा विभिन्न गाडीको यात्रा दूरी सर्वेक्षण गरिएको थियो। सो क्रममा पाँच बस, पाँच माइक्रोबस, नौ ट्रक र छवटा साना सवारीको सर्वे गरिएकामा औसत समय एक घन्टा ४० मिनेट लागेको थियो।
Loading...
साना सवारीले एक घन्टा हाराहारीमा सडकखण्ड पार गरेका थिए भने मालबाहक ट्रक र बसले दुई घन्टा हराहारीको समय लगाएको उनले बताए। ती सवारीलाई बिहान, दिउँसो र बेलुकाको समय मिलाएर औसत समय मापन गरिएको उनले बताए।
सवारी साधनको सहज आवागमन गर्न स्थानीय प्रशासनले पनि सहकार्य गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले सडकमा प्रहरी निरीक्षकको नेतृत्वमा २४ सै घन्टा सुरक्षाकर्मी परिचालन गरिएको बताए।
जुगेडी र अस्थायी प्रहरी पोस्ट सिमलताललाई अधिक परिचालन गरिने उनले बताए। रात्रिकालीन समयमा हतियारसहित प्रहरी सवारी साधनमा राखी भरतपुर–मुग्लिन र मुग्लिन–भरतपुरसम्म स्कर्टिङ गराउने व्यवस्थासमेत गरिएको उनले बताए।
दुर्घटना नहोस् भन्नका लागि सो सडकका ३२ ठाउँमा प्यारापिट बनाउन थालिएकामा ९० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ। पुलको रेलिङ र फलामको पाता राख्ने काम भने दसैँपछि गरिनेछ। ट्राफिक सङ्केत राख्ने काम भइरहेको आयोजनाले जनाएको छ।
सो सडक हुँदै औसतमा दैनिक नौ हजार सवारी साधन आवागमन गर्ने गर्दछन्। रासस
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy