Ads

Thursday, September 8, 2016

भदौ २४ गते। शुक्रबारको राशिफल Horoscope

Posted By: Samsung - 6:34 PM

Loading...

वि.सं. २०७३ साल भदौ २४ गते। शुक्रबार। इश्वी सन् २०१६ सेप्टेम्बर ९ तारिख। नेपाल संवत् ११३६ ञलाथ्व। भाद्र शुक्लपक्ष। 
तिथि– अष्टमी, २६:२१ बजेउप्रान्त नवमी।


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपरिस्थितिवश आजको योजना निष्फल जस्तै रहनेछ। धन अभावले सताउनेछ भने श्रमको उचित मूल्य प्राप्त नहुन सक्छ। आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा पछि परिनेछ। न्यून उपलब्धिमै चित्त बुझाउनुपर्ला। विशेष काम सुरु गर्न समय पर्खनुहोला। नियमित काम भने सम्पादन हुनेछन्।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusबलभन्दा बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। मेहनतले विभिन्न अवसर दिलाउनेछ। समस्या दर्साउँदा आवश्यक सहयोग जुट्नेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। अतिथिका रूपमा मान-सम्मान प्राप्त हुनेछ। प्रियभेट हुनुका साथै रमाइलो यात्रा पनि हुनेछ।

Loading...
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiहिम्मतले काम लिँदा मनग्य लाभ हुनेछ। बलजफ्ती गरेरै भए पनि चिताएको काम बनाउन सकिनेछ। शत्रु परास्त हुनेछन् भने रोगबाट पनि छुटकारा मिल्नेछ। आवेशलाई नियन्त्रणमा राख्नुहोला, मुद्दा–मामिलामा विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ मनग्य फाइदा हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। भौतिक साधन जुट्नेछन्। 
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerबौद्धिक कार्यबाट धनलाभ हुनेछ। आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। गुरुजनको विशेष सहयोग जुट्नेछ। प्रयत्न गरेका काम ढिलै सम्पादन भए पनि उपलब्धि राम्रै पाइनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। स्वास्थ्य सबल रहनेछ। अवरोध स्वतः समाप्त हुनेछ। व्यापारमा सामान्य फाइदाको समय छ। पशु तथा कृषिबाट राम्रो लाभ मिल्ने योग छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoपरिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहनेछ। हडबड गर्नाले काम बिग्रन सक्छ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारोमा पार्नेछ। नजिकका साथीभाइ टाढिनेछन् भने अरूको फाइदाका लागि उपयोग भइएला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ। काम बिग्रने डरले सताउनेछ, योजना गोप्य राख्नुहोला। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoहिम्मतले काम बनाउन सकिनेछ। मेहनत गर्दा विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ। विगतका कर्मको उचित प्रतिफल पाइनेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। 
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraअरूको विषयमा चासो राख्दा दु:ख पाइनेछ। तर धैर्यसाथ गरिएको व्यवहारले भने फाइदा दिलाउनेछ। प्रयत्न गर्दा बोलीको भरमा काम सम्पादन हुने समय छ। प्रशंसकहरू बढ्नेछन् भने सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदा हुने योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। अध्ययनमा विशेष प्रगति हुनेछ। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioपहिलेको सफलताले उत्साह जगाउनेछ। इच्छाशक्ति बढ्नेछ भने रचनात्मक कार्य शुभारम्भ गर्न सकिनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। बिछोडिएका आफन्तजनसँग भेटघाट हुनेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। काममा साथ दिनेहरू बढ्नेछन्। तर बलजफ्ती गर्दा उही काम दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा लगानीको समय छ। खर्च बढ्नुका साथै आर्थिक अभाव देखा पर्नेछ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। फाइदाका पछि लाग्दा साथीभाइसँग असमझदारी बढ्न सक्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोग गर्नेहरू कमै भेटिनेछन्। समयमा होस नपुग्नाले चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रनाले दोहोर्याउनुपर्ने स्थिति आउन सक्छ। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornमेहनत गर्दा पछिका लागि फाइदा हुनेछ। आम्दानी कम भए पनि दिगो काम गर्ने अवसर जुट्न सक्छ। तत्काललाई सामान्य फाइदा हुनेछ। तर, आजको लाभांश सञ्चय नहुन सक्छ। सरसापटमा धन खर्च हुनेछ। आम्दानी बिगार्नेहरू सक्रिय रहलान्। श्रमको उचित मूल्य प्राप्त नहुनाले काममा मन दिन नसकिएला। परिस्थितिले अलि निष्क्रिय बनाउन सक्छ। 
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusप्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। प्रयत्न गर्दा महत्वपूर्ण वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। कीर्तिमानी काम गर्ने समय छ। 
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसमुदायको हितमा राम्रै काम गर्न सकिनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछिसम्म फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। आफ्नो वर्ग वा क्षेत्रको नेतृत्व हातलागी हुनेछ। धेरैले आफ्ना कामको तारिफ गर्नेछन्। कीर्तिमानी काम गर्ने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले साथ दिनेछन्। आँटेका काम पनि सजिलै बन्नेछन्।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy