Ads

Tuesday, September 20, 2016

वि.सं. २०७३ साल असोज ५ गते। बुधबारको राशिफल - Horoscope

Posted By: Samsung - 6:37 PM



वि.सं. २०७३ साल असोज ५ गते। बुधबार। इश्वी सन् २०१६ सेप्टेम्बर २१ तारिख। नेपाल संवत् ११३६ ञलगा। आश्विन कृष्णपक्ष। तिथि– पञ्चमी, १३:३७ बजेउप्रान्त षष्ठी।


मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesअरूको भरपर्दा धोका पाइएला। वादविवादमा परिने योग भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्नुहोला। आँट गर्न नसक्दा योजना कार्यान्वयन नहुन सक्छ। शुभचिन्तकहरूको सुझावलाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। कामको सन्दर्भमा मान्य व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। बुद्धिको उपयोगले धेरैलाई आफ्नो पक्षमा लिन सकिनेछ। विवेकले काम लिने प्रयत्न गर्नुहोला। 
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusआँटले काम लिन नसक्दा अरूले फाइदा उठाउन सक्छन्। पहिलेको योजना स्थगित हुनेछ भने नयाँ योजना बनाउँदैमा समय बित्ने देखिन्छ। तपाईंको आत्मविश्वासले धोका खान सक्छ। अद्यावधिक सूचनाको अज्ञानताले पछि परिएला। आगन्तुकले पनि अलमल्याउन सक्छन्। थोरै आर्जनमा चित्त बुझाउनुपर्ने स्थिति देखिन्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiखर्च लागे पनि टाढाको यात्रा गर्ने प्रक्रिया अघि बढ्न सक्छ। दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ। छर–छिमेकमा असमझदारी बढ्ने समय भएकाले होसियारीसाथ काम लिनुहोला। चुनौतीहरू पन्छाउँदै रोकिएका काम पनि सम्पादन गर्न सकिनेछ। अर्थअभाव खट्किनाले बनिसकेको काम दोहोर्याउनुपर्ने हुन सक्छ। फाइदाका पछि लाग्दा साथीभाइ टाढिन सक्छन्।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerमेहनतको फल प्राप्त हुनेछ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। व्यापार तथा साझेदारीमा पनि फाइदा हुनेछ। आयआर्जनका स्रोत बढ्नेछन् र दैनिक काममा पनि उल्लेख्य फाइदा हुनेछ। चिताएको काम बन्नाले प्रसन्नता मिल्नेछ। परिवारजनका आवश्यकता पूरा हुनेछन्। दिगो फाइदा हुने काममा लगानी गर्ने मौका जुट्नेछ। तर लाभांश बाहिरिनाले अर्थअभाव भने देखा पर्नेछ। 
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoजिम्मेवारी प्राप्त भए पनि तत्काल फाइदा उठाउन नसकिएला। अवसरका लागि जोखिमपूर्ण काममा जुट्नुपर्ने परिस्थिति आउन सक्छ। अरूको विश्वास जिते पनि आफ्नाले धोका दिन सक्छन्। कामको सन्दर्भमा शक्तिशाली व्यक्तिहरूसँग प्रतिस्पर्धा हुन सक्छ। समयमा सजग नबन्दा शुभचिन्तकहरू समेत टाढा हुन सक्छन्। तथापि मेहनत गर्दा बिस्तारै कर्मफल प्राप्त हुनेछ। 
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoसहयोगीहरूको साथले लक्ष्य प्राप्ति हुनेछ। तारिफयोग्य काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोत प्राप्त हुनुका साथै दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। तर अरूका काममा पनि समय खर्चनुपर्ला। स्वास्थ्यमा ध्यान पुर्याउनुहोला। मेहनतले नयाँ जिम्मेवारी दिलाउनेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै पछि फाइदा हुने काम हात पार्ने मौका छ। 

Loading...

तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraस्वास्थ्य प्रतिकूल रहे पनि हिम्मतले काम लिनुका साथै भैपरी आउने समस्या सुल्झाउन सकिनेछ। परिस्थितिले अप्ठ्यारा चुनौतीहरूसँग सम्झौता गराए पनि प्रयत्न गर्दा सहयोगीका माध्यमबाट फाइदा उठाउन सकिनेछ। गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला। आस मारेको कामले उत्साह जगाउनेछ। तत्काल लाभ नभए पनि विभिन्न सकारात्मक संकेतहरू प्राप्त हुनेछन्। 
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioआवेशको निर्णयले लज्जित बनाउन सक्छ। बुद्धिको उपयोगले काम लिने चेष्टा गर्नुहोला। धैर्य एवं लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन्। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। बेसुरमा काम गर्ने बानीले अप्ठ्यारोमा परिनेछ। 
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअधिकारका लागि केही संघर्ष हुन सक्छ। आँटेका काममा बाधा पुर्याउनेहरू प्रशस्तै हुनेछन्। फजुल खर्च पनि बढ्नेछ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। खर्च बढ्नेछ। परिस्थितिसँग सम्झौता गर्नुपरे पनि प्रतिष्ठा जोगाउन सफल भइनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। 
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornअप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपरे पनि बुद्धि लगाउँदा लक्ष्य पहिल्याउन सकिनेछ। अप्रिय समाचारले मन खिन्न हुनेछ। खानपानको असावधानीले स्वास्थ्य कमजोर बन्ला। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा दिलाउनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusमनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ। बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। बुद्धिको उपयोग गर्दा जटिल ठानिएको काम पनि सम्पादन हुन सक्छ। मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आजको श्रमबाट पछिलाई फाइदा पुग्न सक्छ। परिवारजनमा आमाको सहयोगबाट सोचेको काम सम्पादन हुन सक्छ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesढिलासुस्तीले काम बिग्रनुका साथै हातमा आएको मौका समेत गुम्न सक्छ। परिस्थितिअनुसार चल्न नसक्दा पछि परिनेछ। पुरानै समस्याले अप्ठ्यारोमा परिएला। सहयोगीहरू पछि हट्नेछन् भने प्रतिस्पर्धीहरूले सताउन सक्छन्। आफ्ना योजनाहरू गोप्य राख्नुहोला। साथीभाइसँग सन्तुलित व्यवहार गर्नुहोला। परिवारमा असमझदारी बढे पनि मेहनतले बिस्तारै फाइदा दिलाउनेछ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy