Ads

Wednesday, September 14, 2016

तनहुँको घाँसीकुवामा बसले प्रहरीको भ्यानलाई ठक्कर दिँदा चार प्रहरीसहित सोह्र जना घाइते

Posted By: Samsung - 7:32 AM

Loading...

दमौली, २९ भदौ- तनहुँको घाँसीकुवा गाविस–२ मा आज बसले प्रहरीको भेनलाई ठक्कर दिँदा चार प्रहरीसहित १६ जना यात्रु घाइते भएका छन् ।

Loading...

बसको ठक्करले भेनमा रहेका प्रहरी सहायक निरीक्षक कृष्णकुमार श्रेष्ठ, प्रहरी जवान सन्तबहादुर गुरुङ, मैतबहादुर घर्ती र हरिबहादुर लामा घाइते भएका छन् ।
सोही दुर्घटनामा परी बसमा रहेका १२ जना यात्रु घाइते भएका छन् । सामान्य अवस्थाका घाइते प्रहरीको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
दुर्घटनामा परी गम्भीर घाइते हुने बसका दुई यात्रुलाई थप उपचारका लागि मणिपाल शिक्षण अस्पताल पोखरा पठाइएको र सामान्य अवस्थाका अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मुग्लिनबाट पोखरा आउँदै गरेको नं५ख ४०३३ नंको बसले भोर्लेटारबाट बेँसीसहरतर्फ जाँदै गरेको बा१झ ७३७९ नं को प्रहरीको भेनलाई उक्त ठाउँमा ठक्कर दिँदा उनीहरु घाइते भएका हुन् । बस चालकलाई नियन्त्रणमा लिई प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy