Loading...
असोज २ , काठमाडौं । काठमाडौं बाहिरिने यात्रुहरुका लागि अग्रिम टिकट बुकिङ यहि असोज ७ गतेदेखि खुल्ने भएको छ ।आइतबार यातायात व्यवस्था विभागमा सरोकारवाला निकाय र संघसंस्थाबीच भएको बैठकले असोज ७ गतेदेखि बुकिङ खोल्ने निर्णय गरेको यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले जानकारी दिए ।
अब असोज ७ गतेदेखि काठमाडौंका नयाँ बसपार्क, गौशाला, कलंकी, कोटेश्वर लगायतका स्थानमा अग्रिम टिकटको बुकिङ सुरु हुनेछ ।टिकट बुकिङका लागि सरकारले पूर्वतयारी सोमबारदेखि नै सुरु गर्ने योजना बनाएको छ ।
काठमाडौंबाट बाहिरिने लाखौं यात्रुलाई सुविधा दिन असोज १ गतेदेखि नै बुकिङ खोल्ने तयारी भएपनि यातायात व्यावसायीहरूले विभिन्न शर्तहरु राखेर असहमति जनाएका थिए ।सरकारले उनीहरुको शर्तलाई स्वीकार गर्दै ७ गतेदेखि बुकिङ खोल्न व्यवसायीलाई सहमत गराएको हो ।
यो पनि पढ्नुस्: आर्यन र नम्रता सर्वोत्कृष्ट अभिनेता अभिनेत्री,‘पशुपतिप्रसाद’ सर्वोत्कृष्ट चलचित्र
!-- Composite Start -->Loading...
Loading...

0 comments:
Post a Comment