Ads

Sunday, September 25, 2016

त्रिशुली दुर्घटनामा ३ जनाको मृत्यु, पूर्वमन्त्री सहित ४ जना वेपत्ता, उद्धार भोलि मात्र

Posted By: Samsung - 8:21 AM

Loading...
चितवन, असोज ९ – पूर्व मन्त्री तथा पूर्व मुख्य सचिव माधवप्रसाद घिमिरेसहित चार जना गाडी दुर्घटनामा परेर त्रिशुली नदीमा वेपत्ता भएका छन् । घिमिरेकी आमा र अंग रक्षकसहित ३ जनाको ज्यान गएको छ ।
मुक्तिनाथ दर्शन गरेर काठमाडौं फर्कने क्रममा बा ९ च १५ ३१ नम्बरको गाडी चितवको मुग्लिन र कुरिनटारमा आइतबार पौने पँच बजे दुर्घटना भएको हो । दुर्घटनामा ज्यान गुमाउनेमा घिमिरेकी आमा चैतन्य कुमारी घिमिरे, आफन्त नारायण प्रसाद काफ्ले र अंगरक्षक सशस्त्र प्रहरीका सई रामचन्द्र कार्की रहेका प्रहरीले जनाएको छ ।
पूर्व गृहमन्त्री माघव घिमिरेसहित उहाँका भाइहरु मोहन घिमिरे र प्रकाश घिमिरे तथा शसस्त्र प्रहरीका एक जना हराई रहेका प्रहरीले जनाएको छ । गाडी चालक विष्णु राईलाई उद्धार गरेर उपचारका लागि भरतपुर अस्पताल लगिएको छ । चालक विष्णुलाई पालो दिन भन्दै तनहुँको दमौलीबाट गाडी माधव घिमिरे आफैंले हाक्नु भएको थियो ।
२०१७ सालमा पाल्पामा जन्मिएका घिमिरे खिलराज रेग्मी अध्यक्ष रहेको अन्तरिम चुनावी सरकारमा गृहमन्त्री तथा परराष्ट्र मन्त्री हुनुहुन्थ्यो । आइतबार राति परेकाले सोमबार मात्र उद्धार कार्य हुने प्रहरीले जनाएको छ । 

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy