Ads

Thursday, September 22, 2016

‘नक्कली डाक्टर’ लाई अदालतले दियो सफाइ

Posted By: Samsung - 6:53 PM

Loading...

असोज , काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेर डाक्टरी पढेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले पक्राउ गरेर ठगी मुद्दा चलाएका वीरगन्जका आठ चिकित्सकलाई पर्सा जिल्ला अदालतले सफाइ दिएको छ  ।
पर्सा जिल्ला अदालतले ठगी मुद्दा चलाइएका चिकित्सकलाई बुधबार सफाइ दिएको हो । पर्सा जिल्ला अदालतका न्यायाधीश महम्मद जुनैद आजादको इजलासले वादीको माग दाबी ठहर नभएको भन्दै आठै जना चिकित्सकलाई सफाइ दिइएको अदालतका श्रेस्तेदार ठाकुरप्रसाद खरेलले जानकारी दिए ।
‘ठगिने व्यक्ति को हो ? भन्ने नखुलेको, किर्ते पुष्टी गर्ने आधार पनि नभएको र ठगीको परिभाषा भित्र पनि नपरेको ठहर अदालतले गरेको छ,’ श्रेस्तेदार खरेलले भने, ‘अदालतले ठगी गरेको प्रमाण फेला नपारेपछि सफाइ दिएको हो ।’
उनले अदालतको फैसला पछि आठै जना चिकित्सक बुधबार नै धरौटी बापत आफूले जम्मा गरेको रकम बुझेर घर फर्किएका छन् ।
चिकित्सकमाथि दायर गरिएको ठगी मुद्दामा पर्सा जिल्ला अदालतले शैक्षिक प्रमाणपत्र पुनःप्रमाणीकरण गर्न सिआइबी, उच्च मावि शिक्षा परिषद् र नेपाल मेडिकल काउन्सिललाई दुई पटक पत्रचार गरेर बोलाएको थियो ।
तर, सिआइबी समेतको तीन वटै टोली अदालतमा पुनः प्रमाणीकरणका लागि नआएपछि पर्सा जिल्ला अदालतले कसुर प्रमाणित हुने आधार नभएको भन्दै आठै डाक्टरलाई बुधबार सफाइ दिएको हो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy