Ads

Wednesday, September 21, 2016

भारतीय हेपाहा नीतिलाई प्रचण्डले स्वीकार गरेः माले

Posted By: Samsung - 8:52 PM

६ असोज, काठमाडौं । नेकपा मालेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा जारी गरिएको संयुक्त विज्ञप्तिको विरोध गरेको छ ।
मालेको आज बसेको स्थायी कमिटी बैठकले भारत भ्रमणका क्रममा जारी गरिएको २५ बुँदे संयुक्त विज्ञप्तिले नेपालको स्वतन्त्रता र सार्वभौम सत्तामाथि गम्भीर आघात गरेको भन्दै भत्र्सना गरेको हो ।
बैठकपछि पार्टी अध्यक्ष सीपी मैनालीले जारी गरेको विज्ञप्तिमा  भनिएको छ, ‘संयुक्त राष्ट्रसंघ लगायतका अन्तर्राष्ट्रिय निकायका सम्बन्धमा भारतसँग समान दृष्टिकोण अपनाउने र भारतलाई संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को स्थायी सदस्यमा समर्थन गर्ने जस्तो प्रावधान संयुक्त विज्ञप्तिमा रहनुले नेपाललाई राष्ट्रिय हित विपरितको परराष्ट्र नीति अपनाउन तर्फ घचेट्ने दुष्प्रयास भएको छ ।’

Loading...
मालेले नेपालमा भारतीय सहयोगमा सञ्चालित विकास परियोजनाहरुको संयुक्त अनुगमन तथा सुपरिवेक्षण गर्ने नाममा नेपालप्रतिको भारतीय हेपाहा नीतिलाई प्रधानमन्त्री प्रचण्डले स्वीकार गरेको आरोप लगाएको छ ।
भारतीय रणनीति बमोजिम नेपालको संविधान संशोधनमा भारतीय मागलाई जायज ठहर्‍याउदै प्रधानमन्त्री प्रचण्डले आन्तरिक मामलामा बाहृय शक्तिलाई प्रवेश गराउने र देशको भौगोलिक अखण्डतामाथि गम्भीर आँच पुर्‍याउने काम गरेको मालेले आरोप लगाएको छ ।
Source : Onlinekhabar

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy