Ads

Thursday, September 15, 2016

फिलिपिन्सका राष्ट्रपतिमाथि हत्या गरेको आरोप

Posted By: Samsung - 9:44 PM

Loading...

भदौ ३१,मनिला । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्टेमाथि डाभाओ शहरको मेयर भएका बेला न्याय विभागका एक एजेन्टलाई गोली हानी हत्या गरेको आरोप लागेको छ ।

इडगार माटोबाटो नामका एक स्वघोषित ‘डेथ स्क्वाड’ सदस्यले उक्त आरोप लगाएका हुन् । गैरन्यायिक हत्यासम्बन्धमा संसदको माथिल्लो सदनमा बयान दिदैं उनले यस्तो अभिव्यक्ति दिएका हुन् । संसदको माथिल्लो सदन सिनेटले उक्त हत्याकाण्डको छानविन गरिरहेको छ ।

डुटेर्टेले आफू र अरुलाई २५ वर्ष लामो अवधिमा करिब हजार अपराधी वा राजनीतिक प्रतिद्वन्द्वीको हत्या गर्न अह्राएको माटोबाटो नाम गरेका ‘डेथ स्क्वाड’ का कथित ती सदस्यको भनाइ छ ।
भिडियो:


Loading...
तर डुटेर्टेका एक प्रवक्ताले भने त्यो आरोपका खण्डन गरेका छन् । राष्ट्रपतिका प्रवक्ता मार्टिन अनडानरले डुटेर्टेको मेयर कार्यकालबारे गरिएका अनुसन्धानहरु असफल भइसकेको बताए ।

डाभोओ डेथ स्क्वायड नामक कुख्यात भिजिलान्ते समूहले सयौं मानिसको हत्या गरेको मानिएको छ । ५७ वर्षीय माटोबाटो आफूलाई त्यसको सदस्य रहेको दाबी गर्दछन् ।

उनले भने, ‘लागू औषध बेच्ने, बलात्कारीहरु, लुटेराहरुजस्ता अपराधीको हत्या गर्नु हाम्रो काम थियो, डुटेर्टेका विरोधीहरुलाई पनि निशाना बनाइएको थियो ।’ एजेन्सी


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy