Ads

Thursday, September 15, 2016

अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियोसहित)

Posted By: Samsung - 9:21 PM

Loading...

स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् ।
‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेकाबेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन् । उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो….’ गीतको म्यूजिक भिडियोको सुटिङ धमाधम भइरहेको छ । गीतमा संगीत भने हरि लम्सालको छ ।माग्ने बुढा बानेश्वरमा त्यही गीतको सुटिङमा भेटिए ।
‘छक्का पञ्जा’ फिल्मपछि माग्ने बुढाले अभिनय यात्रामा ब्रेक लिएका थिए । ‘स्वास्थ्य कमजोर भएका कारण म दर्शक माझ आउन सकेको थिइनँ,’ गज्जबको अनलाइनसँग उनले भने, ‘अहिले सुधार भइरहेको छ, अब विस्तारै अभिनय यात्रालाई निरन्तरता दिन्छु ।’
माग्ने बुढासहितका कलाकार अभिनित फिल्म ‘छक्का पञ्जा’ले देश/विदेशमा लोकप्रियता कमाइरहेको छ ।विल्सनविक्रम राई ‘तक्मे बुढा’ र राज मोक्तानसहितको यूरोप यात्रामा निस्कँदा माग्ने बुढाले मन्त्रीको सालो गीत कोरेका थिए । उनले यूरोपमा भएका विभिन्न कार्यक्रममा यो गीत गाएर दर्शक हँसाएका थिए ।


Loading...
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy