Ads

Monday, September 26, 2016

तपाईको स्मार्टफोनको ब्याट्री सिध्याउने ७ एपहरु

Posted By: Samsung - 10:22 PM

Loading...


असोज ११, काठमाडौं । स्मार्टफोनको सबैभन्दा ठूलो समस्या भनेको यसको ब्याट्रीको आयु हो । ब्याट्रीको आयु कम गर्नुमा फोनमा रहेका धेरै एप्लिकेसन (एप) ले पनि ठूलो हुन्छ । स्मार्टफोनमा यस्ता धेरै एपहरु हुन्छन् जसले चाँडै फोनको ब्याट्रीको चार्ज सिध्याइरहेका हुन्छन् । यदी तपाइँको फोनमा पनि त्यस्तै एपहरु छन् भने त्यसलाई हटाइहाल्नुहोस्ः

१. क्लिनिङ एप
विभिन्न क्लिनिङ एपले स्मार्टफोनको जंक फाइल र क्यास फाइल क्लियर गरेर फोनको कार्यक्षमता बढाउने दाबी गर्छन् । तर, यो साँचो होइन । फोनको क्यास्ड डाटा सफा गर्न सेटिङभित्र रहेको स्टोरेजमा रहेको क्लियर क्यास्ड डाटा अपसनमा गएरै पनि गर्न सकिन्छ । यस्ता एपले फोनको ब्याट्रीको चार्ज भने नस्ट गरिरहेका हुन्छन् ।

२. एन्टीभाइरस एप
एनटीभाइरस एप डाउलोड गर्दा फोनको कन्फिगरेसनलाई ध्यान दिनुपर्छ । नत्र यसले फोनको पर्फमेन्सलाई असर गर्नका साथै ब्याट्रीको आयु पनि कम गरिरहेको हुन्छ । पछिल्लो समय स्मार्टफोनमै त्यस्ता एन्टी मालवेर सफ्टवेयरहरु राखिएका हुन्छन् । त्यस्तो अवस्थामा एन्टीभाइरस एप आवश्यक हुँदैन ।

३. स्न्याप च्याट
स्न्याप च्याट एपले फोनको ब्याट्री चाँडो मात्र सक्दैन यसले फोनको धेरै मेमोरी पनि खान्छ । स्न्याप च्याटको असर हेर्न सेटिङमा गएर मोबाइल डाटामा हेर्न सकिनेछ ।

४. वेदर एपमौसमको जानकारी दिने एप लगातार अपडेट भइरहेका हुन्छन् । यसले गर्दा यो एपले पनि धेरै ब्याट्री खाने गर्छ । मौसमको बारे जानकारी लिन ओके गुगल प्रयोग गर्न सकिन्छ ।


५. फेसबुक एपफेसबुक एप नचलाइरहँदा पनि यसले ब्याट्री भने सकिरहेको हुन्छ । यसमा दिनभर नोटिफिकेसन अपडेट हुन्छ । यसले ब्याट्री चाँडै डिस्चार्ज हुन्छ । फेसबुकको साटो ब्राउजरबाट फेसबुक लगइन गरे, यो समस्याबाट छुटकारा पाउन सकिन्छ ।

६. एमेजन सपिङ एपअन्य एपको तुलनामा एमेजनको सपिङ एपले धेरै ब्याट्री खान्छ । यसको कारण यसलाई एन्ड्रोएड अपरेटिङ सिस्टममा अप्टिमाइज नगरेर हुनसक्छ । यसलाई पनि एपको साटो ब्राउजरबाट प्रयोग गर्न सकिन्छ ।

७. आउटलुकस्मार्टफोनको ब्याट्री चाँडो सक्ने एपमा आउटलुक पनि पर्छ । तपाइँले यसमा इमेल चेक नगरे पनि यो लगातार सिंक भइरहेको हुन्छ । यसको सिंकिङ प्रोसेसले धेरै ब्याट्री सिध्याउँछ । यसको साटो एन्ड्रोएडको डिफल्ट जिमेल एप चलाउन सकिन्छ ।रातोपाटीबाट
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy