Ads

Wednesday, September 14, 2016

अस्पतालको शैयाबाट ब्लड क्यान्सर पिडित विक को अपिल

Posted By: Samsung - 11:52 AM
अशोक विश्वकर्मा
भाद्र, २९ तनहुँ
भारतको राजधानी नयाँ दिल्ली स्थित राजिव गान्धी क्यान्सर अस्पतालमा ब्लड क्यान्सरको उपचार गराईरहेको याम बहादुर वि.क. लाई थप उपचारको लागी आर्थिक अभाव भएको छ ।
तनहुँको अरुणोदय गाविस ९ रघुका ३८ वर्षे वि.कले अहिले भारतमा ब्लड क्यान्सरको उपचार गरिरहेका छन् । डाक्टरको सल्लाह अनुसार पूर्ण रुपमा निको हुन नेपाली ४० लाख रुपैयाँ भन्दा बढि आवश्यक रहेको छ । अहिले सम्म विभिन्न सहयोग र आफुसँग भएको गरि २५ लाख रुपैयाँ भन्दा बढि खर्च भैसके पनि पूर्ण रुपमा उपचार गर्नको लागी अझै थप रकम खर्च हुने भएपछि उनलाई आर्थिक संकट परेको हो । वि.क विगत १ महिना देखि अस्पतालको शैयामा बसी जिबन र मरणको दोसाँधमा रहेका छन् । लाखौ रुपैयाँ खर्च भैसक्दा पनि आफू पूर्ण रुपमा स्वस्थ्य हुनका लागी थप रकमको आबश्यकता भएको भन्दै भारतको “राजिव गान्धि क्यान्सर अस्पताल” को शैयाबाट सहयोग उनले अपिल गरेका छन् ।
बैदेशिक रोजगारीका लागी युएई गएर ४ बर्षमा स्वदेश फर्केका वि.क. पुनः सोही कम्पनीमा गएको १ बर्षमा आफुलाई ब्लड क्यान्सर भएको थाहा पाएको बताए । त्यस लगत्तै वि.क.ले भारतमा आएर उपचार गराइरहेका छन् ।
फोन मार्फत हामी सँग भएको कुराकानीमा वि.कले भने– “अहिले विदेशमा रहेको आफन्त तथा साथी भाईहरुले मेरो जिवन रक्षाको लागी सहयोग जुटाउन लागी परे पनि आबश्यक रकम पु¥याउन गाह्रो भैरहेको छ । त्यसैले तपाईको सहयोगले मैले अर्को जिवन पाउने छु कृपया इच्छुक महानुभावहरु सहयोग गरिदिनु होला ।”

सहयोगका लागी अहिले मामाको उपचारका लागी भारतमा नै रहेका विकका भान्जा किरन विकको नाममा वेएष्टर्न युनियन मार्फत सहयोग पठाउन सकिने भान्जा किरणले बताए । साथै पिडित विकको बारेमा जानकारी लिन तथा सहयोगका लागी भान्जा किरनको फोन  +९१८४४७३४५९०३ मा सम्पर्क गर्ने सक्नेछन् । भान्जाका अनुसार अहिले दिल्लीमा विरामी कुरेर बस्नेलाई समेत खाना खर्च जुटाउन समेत समस्या परेको छ ।
वि.कको घरमा श्रीमति र २ छोरीहरु र आमा रहेका छन् । तिनै विकको कमाईबाट घर ब्यबहार चल्दै आएको थियो तर कमाएर दिने मुल ब्यक्ति नै रोगबाट ग्रसित भए पछि घर ब्यवहार चलाउन त गाह्रो भैरहेको छ त्यसमाथि उनकी श्रीमति र २ छोरीको उज्ववल भविष्य माथि पनि बज्रपात भएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy