Ads

Sunday, September 25, 2016

ओलीले गरे कांग्रेसलाई अघाएको बाघसँग तुलना

Posted By: Samsung - 6:34 PM

Loading...
असोज १०, काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसलाई अघाएको बाघसँग तुलना गरेका छन् ।
राजधानीमा आइतबार पत्रकार गोपाल खनालको पुस्तक ‘भूराजनीति’ विमोचन कार्यक्रममा ओलीले कांग्रेससँग कुनै पनि नीति नभएको बताए । ‘संसदको सबैभन्दा ठूलो पार्टी कांग्रेस निदाएको छ कि ब्युझेको छ थाहा छैन, नीति छ कि छैन थाहा छैन, कसो हुनुपर्छ थाहा छैन,’ कांग्रेस आराम गरिरहेको उल्लेख गर्दै ओलीले भने, ‘बाघले शिकार भेटायो खायो भने खान्छ र लमतन्न खुट्टा पसार्छ, कांग्रेसले के शिकार गर्‍यो कुन्नी खुट्टा पसारेर सुतेको छ ।’
सरकारका प्रवक्ता राम कार्कीले चीनतिरको बाटो खोल्दा पर्यावरण बिग्रन्छ भन्ने भनाइप्रति कांग्रेसको धारणा नआएकोमा ओली आक्रोसित थिए । ‘प्रमुख पार्टीको परराष्ट्र नीति के हो ?, आर्थिक नीति के हो ?, विकासम्बन्धी नीति के हो ?,’ उनले भने, ‘उहाँहरुको सरकारको प्रवक्ताले बोल्छ बाटो खोल्यो भने वातावरण बिग्रन्छ, कमेन्ट केही छ ? त्यही सही हो कि हैन ?’
ओलीअघि बोल्ने कांग्रेस नेता रामशरण महतले ०१६ सालमा बीपी कोइरालाले लिएको राष्ट्रियतासम्बन्धी अडानको स्मरण गरेका थिए ।
ओलीले रामशरणलाई सोधे, ‘कांग्रेससँग बीपी कोइरालाको नाम छ, के कांग्रेसको नीति पनि छ ?’ मञ्चमा रहेका महतले भने, ‘झन् बलियो छ ।’ ओलीले बीट मारे, ‘हेरौं, व्यवहारमा देखियोस्, नेपाली जनताले जवाफ चाहेका छन् ।’
नेपालको भूराजनीति यथार्थ रहेको बताउँदै उनले त्यसप्रति हिनताबोधन गर्न आवश्यक नभएको बताए ।
अघिल्लो सरकारकाले आवेसश,उत्तजेना र आक्रोशमा कुनै पनि विदेश नीति निर्धारण नगरेको उनको भनाइ थियो । ‘नेपालका निम्ति सोचेर नै कदम चालेको थियौं, त्यो सामान्ती राष्ट्रवाद होइन, नेपाली राष्ट्रवाद, जनराष्ट्रवाद हो, सोची, सम्झी विचारी गरिएको राष्ट्रवाद थियो,’ उनले भने । आजको कान्तिपुर दैनिकमा खबर छ ।
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy