Ads

Sunday, September 18, 2016

प्रधानमन्त्रीको अमेरिका भ्रमण रद्द

Posted By: Samsung - 11:26 PM

काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी नहुने भएका छन् । न्युयोर्क भ्रमणका लागि सम्पूर्ण तयारी पूरा भइसके पनि दाहालले आन्तरिक कारण देखाउँदै आइतबार राति भ्रमण रद्द गरेका हुन् ।
आइतबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री दाहालले आफू राष्ट्रसंघको ७२ ‍औं महासभामा भाग लिन नजाने अनौपचारिक जानकारी मन्त्रीहरूलाई गराएका थिए । त्यसलगत्तै दाहालले भ्रमण स्थगित भएको जानकारी टेलिफोनमार्फत कांग्रेस सभापति एवं सत्ता गठबन्धनका मुख्य घटक कांग्रेस सभापति शेरबहादुर देउवालाई गराएका थिए ।
'स्थानीय तहको निर्वाचनका लागि कानुन बनाउनुपर्ने, मधेसी दलसँग संविधान संशोधनका विषयमा गहन वार्ता गर्नेलगायतका आन्तरिक व्यवस्थापन गर्नुपर्ने काम निकै महत्त्वपूर्ण भएकाले अमेरिका भ्रमण रद्द भएको हो,' 'प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले अन्नपूर्णसँग भने, 'संविधान कार्यान्वयनका साथै भूकम्पपीडितलाई थप एक लाख रुपैयाँ उपलब्ध गराउने प्रधानमन्त्रीको घोषणासमेत छिट्टै कार्यान्वयन गर्नुपर्ने भएकाले राष्ट्रसंघीय महासभामा प्रधानमन्त्रीज्यू जान नसक्नुभएको हो ।'
स्रोतका अनुसार दसैंअघि नै संविधान संशोधन गरेर यसअघि सरकार गठन हुँदा भएको मधेसी दलसँगको तीनबुँदे सहमति कार्यान्वयन गराउने तयारी स्वरूप दाहालले भ्रमण रद्द गरेका हुन् । दाहालले महासभाको भ्रमण रद्द गरेपछि नेपालको प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री डा.प्रकाशशरण महतले गर्ने भएका छन् । महत महासभामा भाग लिन शुक्रबार राति दिल्लीबाटै न्युयोर्क गएका छन् ।
दाहालको भ्रमण रद्द भएसँगै प्रधानमन्त्रीको टिमका कोही पनि भ्रमणमा सहभागी नहुने भएका छन् । परराष्ट सचिव शंकर बैरागीलगायतको टोली भने सोमबार न्युयोर्क जाने कार्यक्रम छ ।
सरकारले तयारी गरेको संविधान संशोधनका मुख्य चार विषय सीमांकन, नागरिकता, राष्ट्रियसभाको गठन र भाषाका विषयमा मधेसी दलहरूले नै विमति राखेपछि संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता हुन सकेको छैन ।
दाहालले संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी एमालेलाई समेत मनाउने गरी संविधान घोषणा भएको असोज ३ अर्थात् सोमबारदेखि नै छलफल अघि बढाउने भएका छन् ।
स्रोतका अनुसार असोज अन्तिम साता भारतको गोवामा हुने ब्रिक्स सम्मेलनमा दाहाल अतिथिका रूपमा निम्त्याइएकाले उनी त्यहाँ जाने तयारी छ । त्यहाँ दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्टपति सी जिनपिङसँग भेटवार्ता गर्नेछन् ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy