Ads

Sunday, September 18, 2016

राजनीतिक पसल खोलेका बाबुराम अफ्ठ्यारोमा पर्दै

Posted By: Samsung - 11:01 PM

काठमाडौं – नयाँ राजनीतिक संस्कार र संस्कृति निर्माण गर्न भन्दै जीवनरभर परख गरेको राजनीतिक विचार÷दर्शनलाई चटक्कै तिलाञ्जली दिए नयाँ राजनीतिक पसल खोलेका बाबुराम भट्टराई समय गुज्रदैँ जाँदा विस्तारै अफ्ठ्यारोमा पर्दै जान थालेको नयाँ शक्ति स्रोतले जनाएको छ ।
पछिल्लो समय उनी पुरानै पार्टीको झल्को आउने गरी संकटको दल–दलमा फस्दै जान थालेको चर्चा नयाँ शक्तिमा हुन थालेको छ ।
‘मुखले नयाँ बनाउने भने पनि व्यवहारमा पुरानो पार्टीलाई उछिन्ने शैली , प्रवृति नयाँ शक्तिभित्र मौलाउन थालेपछि बाबुरामको टाउको देखेर नयाँ शक्तिमा हेलिएकाहरु समेत निराश बन्न थालेको गुनासो सार्वजनिक हुन थालेको छ । आजको साँघु साप्ताहिकमा खबर छ ।
नयाँ राजनीतिक संस्कार बसाउने भन्द खोलिएको नयाँ शक्ति नेपाल पार्टीमा विवाद बढेपछि पार्टी संयोजक भट्टराई र संगठन विभाग प्रमुख देवेन्द्र पौडेलबीच अहिलेसम्मको हार्दिकतापूर्ण सम्बन्ध नै चिसिन पुगेको खबर छ ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy