Ads

Sunday, September 18, 2016

तनहुँका युवा विकल्प ढुंगानाले बनाए सोलर स्कुटर, स्याङ्जामा भब्य प्रदर्शनी

Posted By: Samsung - 4:38 AM

Loading...

असोज २, तनहुँ ।तनहुँका युवा  वैज्ञानिक विकल्प ढुंगानाले आविष्कार गरेको सोलर स्कुटरको स्याङ्जामा प्रदर्शनी सम्पन्न भएको छ । शुक्रबार स्याङ्जा जिल्ला बजारमा रहेको त्रिभुवन आदर्श उच्च माध्यामिक विद्यालयमा सम्पन्न भएको कार्यक्रममा उनले स्कुटर र सोलर कारको मोडल समेत प्रदर्शन गरेका थिए ।
अनेरास्ववियु स्याङ्जा निर्वाचन क्षेत्र नं. १ क्षेत्रिय कमिटीको आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै नेकपा एमाले वैकल्पीक केन्द्रीय सदस्य सीता सुन्दासले विकल्प जस्ता युवाहरुले नै देशलाई समृद्ध बनाउन सक्ने बताइन् ।
कार्यक्रममा निमित्त स्थानिय विकास अधिकारी उदय बहादुर पराजुली, पूर्व जिल्ला विकास समिति सभापति रामबहादुर थापा, नेकपा एमाले जिल्ला कमिटी सचिव सुधिर पौडेल, नेकपा एमाले क्षेत्रिय अध्यक्ष विश्वराज पौडेल, सचिव अनन्त कुमार श्रेष्ठ, अनेरास्ववियु केन्द्रीय सदस्य आशिर्वाद सुवेदी र रीता ढकाल, अनेरास्ववियु कास्की जिल्ला अध्यक्ष विवेक देवकोटा, अनेरास्ववियु स्याङ्गजा जिल्ला सचिव रामप्रसाद सापकोटालगायतले बोलेका थिए ।
साथै कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव कुमार राना र नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य पारस शर्माले पनि ढुंगानाको प्रशंसा गरेका थिए ।कार्यक्रममा उनको स्कुटर हेर्न जिल्लाका विभिन्न विद्यालयका विद्यार्थीहरु तथा स्थानियबासीहरुको ठूलो घुइँचो लागेको थियो ।
तनहुँ मनपाङ घर भइ विगत केही वर्षदेखि पोखरामा बस्दै आएका विकल्पले गत वर्षको युवा प्रतिभा पुरस्कार समेत जितेका थिए । उनले गृहजिल्ला तनहुँ लगायत काठमाडौं, पोखरा जस्ता ठाउँहरुमा समेत आफ्ना आविष्कारहरुको प्रदर्शनी गरिसकेका छन् ।
यसअघि नै उनले हेलिकप्टर, बम डिस्पोजेबल रोवर्ट, भूकम्प सूचक यन्त्र, म्यानुयल लोडिङ्ग एण्ड लिफ्टिङ्ग रोबर्ट, घाँस काट्ने मेसिन, धान ठटाउने रोबर्ट, फुटबल खेल्ने रोबर्ट लगायत डेढ दर्जन यन्त्रहरुको आविष्कार गरिसकेका छन् ।
यो पनि पढ्नुस् :तीतो सङ्घर्षबाट प्राप्त गरेको रुपाको सफलता, महिनाको ५० हजार बढी आम्दानी गर्दै
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy