Ads

Monday, September 26, 2016

हिजोको ‘कामी टोल’ आजको ‘दामी टोल’

Posted By: Samsung - 1:08 AM

Loading...



प्रेम सुनार
गुल्मी। स–साना खरका झुपडी, ति झुपडीहरुको दलानदेखि आँगन सम्म दिशा पिसाव, अझ वर्षायाममा त पाईला टेक्नै घिन लाग्दो फोहर । वाँसको झ्याङ र गोलैचीको फेंदमा सिंङ्गो टोलको साझा शौचालय । त्यस शौचालयबाट घन्कीने झिंङ्गा घर भित्रको खानामा समेत घन्केको देखिन्थ्यो ।
केवल एकाधा घर वाहेक त्यस टोलमा व्याप्त गरिवी । त्यसैले पनि स्थानिय साहु–ुमहार्जनको मर्जी अनुसार जति दिन्छन उतिमा मेलापात र अन्य मजदुरी गर्न उनिहरु बाध्य थिए । चौपाँजे वेशाह र सयकडा पाँच देखि १० सम्मको व्याज र त्यसको स्याजले कतिपयको घरवास समेत लिलामी हुँदै थियो । यो कुरा आज भन्दा डेढ वर्ष अघि सम्मको थियो ।
त्यो गरिवी र हरेक कुरामा पछ्यौंटेपनको कथा थियोे गुल्मीको हस्तीचौर –२ मा रहेको एक दलित वस्तीको । तर, विकास क्रमले त्यो कथालाई अहिले एकादेशको कथा बनाई दिएको छ । हस्तीचौर गाविसको त्यो टोलको नाम हर्पुकोट भए पनि जातिगत वस्ती अनुसार कुनै टोललाई वाहुन टोल, कुनैलाई काफ्ले टोल, खत्री टोल त कसैलाई कामी टोल भनेर नाम राखिएको थियो र त्यही अनुसारको रहन सहन विभेद र असमानताहरु थिए ।
ति टोलहरु मध्येको उपेक्षित टोल भनेकै त्यही कामी टोल थियो जुन अहिले ग्रैह दलतहरुले नै भन्न थालेका छन् हिजोको त्यो कामी टोल अहिले दामी टोल बनेको छ । हस्तीचौरका समाज सेवी तथा नेपाली कांग्रेसका पुर्व सभापति शेरबहादुर कुँवरले हेर्दाहेर्दै त्यस टोल कहाँबाट कहाँ पुगि सकेको बताए ।
उनले भने–‘ नढाँटी भन्नु पर्दा उति वेला उनिहरुमा खान पिन रहन सहन, लवाई खवाई सवै चिज घृणा लाग्दो भएर होला उनिहरु संग छुईनु त परै जाओस उनिहरुले हाम्रो घरमा आएर खाएको भाँडा सम्म छिटो हालेर भित्र लगिन्थ्यो तर अहिले उनिहरुमा परिवतर्न आए लगत्तै हामी गैह्र दलितहरु संगै बसेर खान्छौं ।’
उनले थपे–‘ उनिहरु संगै बसेर खान्छु , झन यसपालि त सामुहिक रुपमा यस गाउँमा गायत्री पुजा समेत गरेर सार्वजानिक रुपमै हामी समान छौ भन्ने सन्देश दिएका छौं , यसर्थ अहिलेको अवस्थामा त्यो कामी टोल होईन अरु समुदाय बस्ने भन्दा दामी टोल बनेको छ ।’
त्यस टोलका दलित अगुवा भिमबहादुर बिश्वकर्माले पनि सार्वजानिक स्थानमा हस्तीचौरमा छुवाछुत विभेद पटक्कै नभएको बताए । उनेले डेढ दशक अघि सम्म स्थानिय साहु महार्जनबाट हेपिनु दविनु सामन्य थियो भन्दै तर अहिले त्यस हेपाईबाट पाठ सिक्दै त्यस गाउँमा शिक्षा, जन चेतना , सरसफाई र सभ्यताको अभियान सुरु गरे पछि परिवर्तन आएको बताउछन् ।

अहिले कस्तो छ त त्यो टोलको रहन सहन ?
अहिले त्यस टोलको घरघ–रमा व्यवस्थित शौचालय र सुधारियको चुलो छ । हिजो ति स–साना खरका झुपडीहरु हटेका छन् । त्यसको ठाउँमा ढुङ्गा र जस्ता पाताले छाएका तिन तले घर र त्यसमा विजुली वत्तीले झिलिमिली बनेका छन् । वैदेशिक रोजगार, स्वदेश र भारतको जागिरले आर्थिक समृद्धि बढ्दै गए पछि त्यस टोेलका युवा–युवतीहरुले उच्च शिक्षा पनि हाँसिल गर्दै आएका छन् ।

हिजो लहरे थाँगुेरहरु टोलका युवा युवतीहरु मनिने उनिहरुका नयाँ पिढि शहरिया युवा युवती भन्दा कम देखिन्न् । शहरिया पहिरन मात्र होईन , घर र सुत्ने, खाने र पकाउने कोठाहरु पनि अलग अलग पारेर शहरिया रहन सहनकै वातरवरण बनाएका छन् । घर घरमा टिभी ,हात हातमा महँङ्गा मोवाईल र ईन्टरनेट पनि पुगेकै छ र कतिपयले मोटर साईकल सुविधा पनि उपभोग गरेका छन् ।
हिजो विहान वेलुकाको चुलो जलाउन तिनै साहु–महार्जनकै हलो कोदालो र ऋण सापटी गर्नु पर्ने उनिहरुलाई अहिले त्यसको खाँचो छैन त्यसैले पनि कसै संग उनिहरुलाई हेपनु र दविनु परेको छैन् । जाँड रक्सी पुर्णरुपले नियन्त्रण गर्न नसके पनि न्युनीकरण गर्दै लगिएको छ र सामाजिक अशान्ति र उत्श्रृंखलता छैन् ।
यस्तो थियो त्यस टोलको विगत
दलित अगुवा भिमबहादुर डेढ दशक अघि सम्म त्यस गाउँको कथा यसरी सुनाउछन्–‘ हाम्रा ब्वा पदमबहादुर बिश्वकर्मालाई ‘ बुढारे कामी ’ भनेर बोलाउँथे कथित विष्ट जातीले । तर उनिहरुले उपेक्षित भाषाले वुवालाई सम्वोधन गरे पनि हाम्रो समुदायमा वुवाको राम्रै सम्मान थियो । अन्य स्थानियवासीका अनुसार उनैका बाबु बुढारे, पालीका जेठा , अर्सेनका बुढा, सहितले सुरुमा आरने काम गर्ने गर्दथे । तर बढि ‘विष्ट ’कमाउने र खानदानी चहल पहल उनै बुढारेको थियो ।

हस्तीचौरका सयौं विष्ट कमाउने र आर्जन प्रसस्तै आउने हुनाले त्यस बेला ति बुढारे आरनेले जग्गा पनि प्रसस्तै किनेका थिए । त्यस पछि त्यस दलित बस्तीमा एक किशिमको प्रतिष्ठा कमाएका उनले छोरा जेठा भिमबहादुरलाई समान्य भए पनि पढाउने काम गरे ।
त्यस अघि सम्म त्यस दलित वस्तीमा सवै औठा छाप थिए । साहुले तमसुक लेख्ने र पढेर सुनाउने र औठाछाप लगाउने गर्दै जाँदा साहुले किर्ते गरेको भन्दै जिल्ला अदालतमा मुद्धाहरु समेत परेको थियो र पछि ति दलितहरुले नै जितेका थिए ।

भिमबहादुर दलितहरुको गरिवी , अशिक्षा र ज्यु–हजुरीको पुरानो कथा सुनाउँदै थप्छन्–‘ त्यस वेला सम्म हाम्रा मान्छेहरुलाई यसो सम्झाउन खोजे पछि उल्टै सत्रु सम्झेने मानसिकता थियो । क्रमशः नयाँ पिढलाई पढाईमा ध्यान दिन थालियो । कथित ‘उपल्ला जातीहरुका युवा पिढीमा पनि उनका पिता पुर्खाको जस्तो विभेद हड्दै गयो जसले गर्दा यस गाउँको सार्वजानिक स्थानमा अहिले छुवाछुद् छँदै छैन् ।
उनले वाँसघारी र गोलैचीको रुखको फेंदमा दिशा गर्ने कुराको स्मरण गर्दै भने–‘ एक दिन हाम्रा साईला वुवा तल वासँघारीमा दिशा बस्दै हुनुहुँदो रहेछ सोही वेला मास्थीर गलैचीको रुखको फेंदबाट दिशा गर्दै गरेकी एक महिलाको दिशा उहाँको शरिरभरी परेर बेहाल भएको सम्झना अझै ताजा छ ।’

उनले साउन भदौंमा मकै पाके पछि गै्रह दलितहरु त्यस दलित वस्तीमा आउन नै नचाहने बताए । वाटो वाटो र पाटो सम्म दिशा भए पछि घिनाएर आउनै मान्दैनथे’–‘ उनले भने–‘ ल हेर्नुहोस् अहिले यहाँको सरसफाई , छिमेकी गै्रह दलितको भन्दा कम छ ?
हुन पनि अहिले त्यस वस्तीका प्रत्येक घर आगन निकै सफा देखियो र कुनै समय खुर्शानी समेत अर्कैको भर पर्ने ति दलितहरुको करोसोवारीमा सवैखाले तरकारी फलाएको देखियो । त्यस्त दलित बस्तीबाट कक्षा १२ पास गरेका चुरामणी बिकका अनुसार शिक्षा, जनचेतनाले पनि त्यस गाउँमा परिवर्तन ल्याएको हो ।

उनि भन्छन्–‘पहिला कसरी पढ्ने र अगाडी बढ्ने ? भन्ने ध्यान भन्दा पनि कहाँ काम पाउने र कसरी ज्यान पाल्ने ? भन्ने मात्रै ध्यान थियो तर अहिले त्यस्तो छैन् , त्यसैले पनि दलितहरुमा भएको दास मनोवृद्धि हराउँदै गयो र यो परिवर्तन आयो । ’
उनले त्यस टोलका २२ घरधुरीहमा १८ जनाले एसएलसी पास गरेर उच्च शिक्षा हाँसिल गर्दै रहेको बताए । त्यस मध्यो दुई जनाले स्नातक गरेका छन् भने दुई जना स्नाकोत्तर गर्ने तयारीमा रहेको उनले जानकारी दिए । उनका अनुसार त्यस दलित वस्तीबाट दुई जनाले सरकारी जागिर खाएका छन् ।
६ जना बैदेशिक रोजगारमा र दर्जनौं भारतमा रहेका छन् । आरने कामलाई वालिघरेको सट्टा नगद ज्यालामा परिणत गरिएकोले पनि उनिहरुको आर्थिक सुधार हुँदै आएको हो । हिजो वर्षभर भाँडा पिटेर ४ पाथी अन्न लिने भिमबहादुर बिश्वकर्माले अहिले एउटा हँसिया अर्जापेको मात्रै २५ रुपैयाँ नगद लिन थालेको बताउ छन् ।
त्यस हस्तीचौर गाविसमा बाबु गुनबहादुको पाला देखि कटुवाले काम गर्दै आएका जगतबहादुर बिश्वकर्मा पनि अहिले आएर हरेक राजनैतिक दल र अरु समुदायले दलित समुदायलाई हेर्ने दृष्टिकोणमा परिवतर्न आएकोले नै खासै विभेद र असमानताको महशुस गर्न छाडिएको बताउछन् ।
अहिले ६७ वर्षमा पाईला टेकेका उनै भिमबहादुर बिश्वकर्माले अगाडी सारेको त्यो अभियानको प्रतिफल डेढ दशक पछि अहिले देखा परेको छ र हिजोको त्यो कामी टोल दामी टोलमा परिणत भएको छ , यसमा कुनै शंका र बढाई चढाई छैन् गएर छर्लङ्ग देख्न सकिन्छ । यसै वर्ष त्यस टोलमा मोटरबाटो समेत पुराईएको छ ।गुल्मीन्यूजबाट 
कृपया भिडियो हेर्नको लागी तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy