Ads

Thursday, September 22, 2016

भक्तपुर-पोखरा सिधा बससेवा सुरु

Posted By: Samsung - 4:34 AM

Loading...

असोज , काठमाडौं । भक्तपुरबाट पर्यटकीय सहर पोखराका लागि सिधा बससेवा सुरु भएको छ । भक्तपुरबाट पोखराकालागि सिधा बससेवा सुरू भएको पहिलो पटक हो ।तहल्का ट्राभल्स एण्ड टूर्स प्राली काठमाडौंले दुई पर्यटकीय सहरहरुको बीचमा सिधा बससेवा सुरु गरेको हो । ट्राभल्सले गत भदौ ७ गतेदेखि नियमित सेवा दिँदै आइरहेको छ ।
तहल्का ट्राभल्सको बस हरेक दिन बिहान साँढे ६ बजे भक्तपुरको व्यासीबाट छुट्नेछ भने कमलबिनाय हुँदै सूर्यबिनायकबाट बिहान सातबजे पोखरातर्फ लाग्नेछ ।अहिले यस रुटमा दुई बसहरुमात्र सञ्चालनमा आएपनि यात्रुको चाप र आवश्यकता हेरेर निकट भविश्यमै सुविधासम्पन्न बस थप्ने योजना आफुहरुको रहेको तहल्का ट्राभल्सका प्रबन्ध निर्देशक जनकराज तिम्सिनाले जानकारी दिए ।
मुलुकको प्रमुख दुई पर्यटकीय सहरसँग बससेवा जोड्नका लागि आफुहरुले यस रुटमा बस संचालन गरेको जानकारी प्रबन्ध निर्देशक तिम्सिनाको भनाइ छ । सरकारले तोकेको भाडादरमा भक्तपुरबाट पोखरासम्मको यातायात सुविधा उपलब्ध गराइएको ट्राभल्सले जनाएको छ । अनलाइनखबरबाट


कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला
Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy