Loading...
असोज ५, बैतडी । दार्चुलाको मार्माक्षेत्रका पहिलोपटक गाउँ गाडी पुगेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट आएको महाकाली यातायातका ना५ख ७३५७ नम्बरकोे बस पहिलोपटक लटिनाथबजारमा पुगेपछि त्यस क्षेत्रका स्थानीय बासिन्दा हर्षित बनेका छन् ।
दार्चुलाको दुर्गम क्षेत्रका रुपमा रहेको मार्माक्षेत्रमा मङ्गलबार पहिलोपटक गाडी पुगेको हो । “हाम्रो गाउँमा पहिलोपटक गाडी पुग्दा निकै खुसी भएका छौँ,” स्थानीयवासी दिनेश सिंहले भन्नुभयो – “पहिलोपटक गाउँमै बस पुगेको छ । अब बस चढेर सजिलै गाँउमै पुगिने भयो ।”
Loading...
यसअघि रिलपैरो भन्ने ठाउँमा पहिरो जानुका साथै अन्य केही ठाउँमा सडक साँघुरो भएकाले त्यस क्षेत्रमा बस सञ्चालन हुन सकेको थिएन । पहिरो गएको ठाउँमा जेसिबीले पहिरो पन्छाउनुका साथै सडक फराकिलो गरेपछि बस सञ्चालनमा आएको हो । यसअघि बैतडीको गन्नाबजारसम्म मात्र बस चल्दै आएको थियो ।
Loading...


0 comments:
Post a Comment