Ads

Tuesday, September 27, 2016

पछिल्लो तीन वर्षमा २३ गाडी त्रिशूली नदीमा खसे

Posted By: Samsung - 6:36 PM
Loading...

असोज १२, काठमाडौं । पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे र उनका दुई भाइ आइतबारदेखि त्रिशूली नदीमा बेपत्ता भएका छन् । ७२ घन्टा पुग्दासम्म उनीहरूको केही पत्ता लागेको छैन । दुर्घटनामा परेर त्रिशूलीमा यात्रुहरू बेपत्ता हुने घटना यो नै पहिलो होइन । यस्तै दुर्घटना त्रिशूलीमा पटक–पटक हुने गरेका छन् ।
प्रहरीको तथ्यांकअनुसार पछिल्लो तीन वर्षमा त्रिशूली नदीमा गाडी दुर्घटना हुँदा १७ जना बेपत्ता भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार ०७३ मा मात्र नौवटा गाडी त्रिशूलीमा खसेका छन् । गत २४ भदौमा ना.३ख ६०१७ नम्बरको ट्रक पूर्वमन्त्री घिमिरे सवार जिप दुर्घटनास्थलबाटै खसेको थियो । चालक तथा सहचालकसहित ट्रकको हालसम्म अत्तोपत्तो छैन । तीन वर्षको तथ्यांकअनुसार त्रिशूलीमा खसेर ४८ जनाको मृत्यु भएको छ । ७२ जना घाइते भएका छन् । त्रिशूलीमा खसेका १७ जना अहिलेसम्म बेपत्ता छन् । ०७१ मा आठवटा र ०७२ मा पाँचवटा गाडी त्रिशूलीमा खसेका थिए ।
गत ३१ साउनमा काभ्रेमा भएको सवारी दुर्घटनापछि देशभरि ट्राफिक नियम पालनामा कडाइ गरिएपछि पनि दुर्घटनामा कमी आएको छैन । प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार भदौमा देशभर एक हजार तीन सय ९६ दुर्घटना भएका छन् । जसमा एक सय ६० जनाको मृत्यु भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
साउनमा एक हजार चार सय ३६ वटा दुर्घटना भएकोमा एक सय ८० जनाको मृत्यु भएको थियो । साउनको तुलनामा भदौमा दुर्घटनामा कमी आएको छ । साउनमा चार सय २० जना गम्भीर घाइते भएका थिए भने आठ सय ७८ जना सामान्य घाइते भएका थिए । भदौमा दुई सय ५३ गम्भीर घाइते तथा आठ सय ४० सामान्य घाइते भएका थिए ।

कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...
दशैको निकै मार्मिक भिडियो हेर्नुहोस्
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy