Ads

Wednesday, September 14, 2016

लागूऔषधसहित झापाबाट दुई पक्राउ

Posted By: Samsung - 7:16 AM

Loading...

२९ भदौ, झापा । झापाको विर्तामोड नगरपालिका-५ बाट प्रहरीले ठूलो परिमाण लागुऔषध नाइट्रोजन ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ ।
मंगलबार राति विशेष सुराकीका आधारमा चेकजाँच गर्दा दमकको बेलडाँगी शिविरमा बस्ने २४ वषर्ीय सुवास चौहान र २६ वषर्ीय देवेन्द्र गुरुङलाई प्रहरीले पक्राउ गरी बुधबार सार्वजनिक गरेको छ ।

Loading...
उनीहरुको साथबाट ९९ पत्ता अर्थात् १ हजार ९ सय ८० ट्याब्लेट नाइट्रोजन बरामद गरिएको छ ।
उनीहरुले भारतबाट २० हजार रुपैयाँमा उक्त परिणामको लागूऔषध खरिद गरेर ल्याएको बयान दिएको इलाका प्रहरी कार्यालय, अनारमनीका इन्स्पेक्टर जनार्दन निरौलाले जानकारी दिए ।
पक्राउ परेका चौहान र गुरुङलाई जिल्ला अदालत झापाबाट बुधबार म्याद थप गरी थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
उनीहरु लागुऔषध ओसारपसार र विक्री वितरणमा लामो समयदेखि संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसरी झापा भित्र्याइएका लागुऔषधलाई दमक, इटहरी, धरान लगायतका क्षेत्रमा विक्री वितरण गरिने जनाइएको छ ।

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy