Ads

Friday, September 16, 2016

एमालेमा पार्टि प्रवेशको लहर, शुक्लागण्डकीमा एकै दिन २१३ युवाहरुले एमाले प्रवेश गरे

Posted By: Samsung - 11:00 PM

भाद्र ३१, तनहुँ । तनहुँको शुक्लागण्डकीमा एकै दिन २ यस १३ जनाले अन्य पार्टि परित्याग गरी एमालेमा प्रवेश गरेका छन । शुक्लागण्डकी १३ ढोरफिर्दिमा आयोजना गरिएको समृद्ध नेपाल निर्माणमा युवाहरुको भुमिका विषयक विचार गोष्ठिको अवसर पारी नारायण थापामगर को नेतृत्वमा २१४ जना युवाहरुले कांग्रेस, माओवादी पार्टि परित्याग गरी एमालेमा प्रवेश गरेका हुन । पार्टि प्रवेश गर्नेहरुलाई प्रमुख अतिथि एमालेका पोलिटव्यूरो सदस्य तथा प्रदेश नं ४ का सह संयोजक गणेश तिम्सिनाले र युवा संघका केन्द्रीय अध्यक्ष राजिव पहारीले अविर र माला लगाएर स्वागत गरेका थिए । भारतले अघोषित रुपमा गरेको नाकावन्दीका विषयमा नेकपा एमालेले राष्ट्रियताको सवालमा अडिग रहेर भारतलाई घुँडा टेकाउन सकेको र थुप्रै विकासका योजनाहरु देखाउन सफल भई युवाहरुको मन जित्ने काम गरेको भन्दै उनीहरु एमालेमा प्रवेश गरेका हुन । 




कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा प्रदेश नं ४ का सह संयोजक गणेश तिम्सिनाले संविधान कार्यान्वयनको अगुवाई एमालेले नै गर्ने बताए । उनले स्वदेशी तथा विदेशी दुवै षडयन्त्रकारीको बलमा केपी ओलीको सरकार गिराइए पनि एमालेलाई जनताको पूर्ण साथ रहेको बताए । उनले भने “आज एमाले प्रति पक्षमा छ, सरकारमा रहदाँ पार्टी प्रवेश गर्न चाहानेहरुको लाइन लाग्नु स्वभाविकै हो । तर एमाले सरकारबाट बाहिरिए पनि पार्टीमा प्रवेश गर्न चाहानेहरुको लहर लागेको छ । देशलाई माया गर्नेहरुले एमालेलाई खोजेको छ ।’ एमाले सरकारमा रहदाँ राष्ट्रियताको मुद्धा बोकेर जनताको हितमा काम गरेकाले पार्टी प्रवेश गर्नेको लहर चलेको बताए । यहि अवस्थामा चुनाव गराए हारिन्छ भन्ने डरले सरकारको नेतृत्व गरिरहेका नेकपा माओबादी केन्द्र र नेपाली काँग्रेसले विभिन्न बहाना बनाएर चुनाव टार्न खोजेको आरोप लगाए ।





त्यस्तै कार्यक्रममा बोल्दै युवा संघ नेपालका केन्द्रिय अध्यक्ष राजिव पहारीले नेपाललाई समृद्ध नेपाल बनाउने जिम्मा नेकपा एमालेको काँधमा आएको बताए । अब हुने चुनावमा एमालेलाई दुई तिहाई बहुमतले जित दिलाउन सकिए पाँच,सात बर्षमा सिँगापुर बनाउन सकिने बताए । उनले काँग्रेस र माओबादीले देशको विकास गर्न नसकेको र गर्न सक्ने कुनै इतिहास र सम्भावना नभएको बताए । आवाज पहारीले मधेशी दलको एक मधेश एक प्रदेशको माग एमालेले स्वीकार नगर्ने बताए । मधेशी दलहरुले गरेको आन्दोलन मधेशी जनताको हितका लागी नभई सत्ता र भत्ताको लागी भएको आज आएर पुष्टि भएको उनको भनाई थियो । पहारीले युवाहरुको पार्टी प्रवेश समृद्ध नेपाल निर्माणको निम्ति,गरिबीको अन्त्य गरेर समृद्धि ल्याउनको निम्ति, मुलुकबाट कुशासनको अन्त्य गरेर सुशासनको निर्माण गर्न, राजनैतिक अस्थिरता र अराजकता अन्त्य गरेर राजनैतिक स्थिरता ल्याउनको निम्ति भएको बताए ।



कर्यक्रममा युवा संघकी केन्द्रीय उपाध्यक्ष एवं महिला नेर्त दिलु पन्तले अहिलेका प्रधानमन्त्री भारत भ्रमणमा रहेको र राष्ट्रियतालाई बन्धकी राखेर राष्ट्रियता गुमाउने सम्झौता गरेको खण्डमा नेपाली युवाहरुले नछाड्ने बताईन । उनले भनिन–‘अब कुनै पनि बहानामा युवाहरुलाई झुक्काएर नेपालको विकासलाई पछाडि धकेल्ने काम भएको खण्डमा नेकपा एमाले र युवा संघ नेपाल चुप लागेर नवस्ने बताईन । पार्टि प्रवेशको प्रसङ्गमा उनले यति धेरै युवाहरु पार्टि प्रवेश गरिरहँदा महिलाहरुको उपस्थिती र सहभागिता ज्यादै न्यून भएको बताउँदै अब यसतर्फ जिल्ला, क्षेत्र र नगर कमिटिको ध्यान जानुपर्ने वताईन । 




कार्यक्रममा नेकपा एमाले केन्द्रिय सल्लाहाकार सदस्य एक बहादुर राना, सचिव नरेश शाही, नेकपा एमाले वैकल्पिक सदस्य प्रतापलाल श्रेष्ठ, जिल्ला कमिटी तनहुँका अध्यक्ष केदार सिग्देल, प्रदेश नं ४ कमिटीका सदस्य धन्नजय सिग्देल, नेकपा एमाले तनहुँका उपसचिव विष्णुभक्त सिग्देल, क्षेत्रीय संयोजक रामचन्द्र उपाध्याय, क्षेत्रीय कमिटि अध्यक्ष मुक्तिनाथ तिम्सिना लगायतले सम्बोधन गरेका थिए ।



युवा संघ नेपाल तनहुँका अध्यक्ष कमल गैह्रेको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा युवा संघ शुक्लागण्डकीका अध्यक्ष ओम आले (सन्त) ले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन युवा संघ नेपाल क्षेत्र नं ३ का अध्यक्ष सागर महत र जिल्ला सदस्य कमल ढकालले गरेका थिए ।





About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy