Loading...
भदौ २९, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल सरकारी, व्यापारी र मिडिया समेत गरी १ सय १६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहीबार भारतको ४ दिने राजकिय भ्रमणमा निस्कने भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा उनी त्यसतर्फ जान लागेका हुन् ।
परराष्ट्र मन्त्रालय स्रोतका अनुसार मंगलबारसम्म प्रधानमन्त्रीको भारत भ्रमणमा जाने टोलीमा ५० जना सरकारी प्रतिनिधिहरु, ३३ जना उद्योगीरव्यापारी र ३३ जना संचारकर्मीको नाम स्विकृत भएको छ । सरकारी प्रतिनिधिमण्डलमा रहेका ५० जनामध्ये ८ जना नयाँदिल्ली स्थित नेपाली दूतावासका कर्मचारी रहेका छन् भने बाँकी ४२ जना काठमाडौंबाट प्रधानमन्त्रीसँगै जानेछन् ।
‘प्रधानमन्त्रीज्यूको आसन्न भारत भ्रमणमा जाने नेपाली प्रतिनिधिमण्डलमा सरकारी, नीजि क्षेत्र (उद्योगी/व्यापारी) र संचारकर्मी समेत गरी १ सय १६ जनाको नाम स्विकृत भएको छ,’ स्रोतले भन्यो, ‘भारत प्रस्थान गर्ने बेलासम्म एक /दुई जना नाम थपघट हुनसक्छ ।’ प्रधानमन्त्रीसँगै भारत प्रस्थान गर्ने नेपाली प्रतिनिधिमण्डलको नाम मन्त्रिपरिषद बैठकले अन्तिम स्वीकृत गर्न भने बाँकी छ ।
Loading...
प्रधानमन्त्री दाहालको भदौ ३० देखि असोज २ गतेसम्म हुने भारत भ्रमणमा उनीसँगै दुई जना मन्त्री र ५ जना सचिव पनि जानेछन् । प्रधानमन्त्रीसँगै भारत भ्रमणमा जाने मन्त्रीहरुमा परराष्ट्र मन्त्री प्रकाशशरण महत र भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखक छन् । यस्तै, परराष्ट्र सचिव शंकर दास वैरागी, उर्जा सचिव अनुपकुमार उपाध्याय, बाणिज्य सविच ङइन्द्रप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात सचिव धनबहादुर तामाङ र प्रधानमन्त्री कार्यालय सचिव पनि प्रधानमन्त्रीको भारत भ्रमणमा रहनेछन् । आजको नागरिक दैनिकमा खबर छ ।
Loading...


0 comments:
Post a Comment