Ads

Friday, September 23, 2016

टीकापुर घटनाका दोषीलाई उन्मुक्ति नदेऊः एमाले

Posted By: Samsung - 6:54 PM

Loading...

असाज ८,काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमालेले दण्डहीनतालाई प्रश्रय नदिन सरकारलाई सचेत गराएको छ ।एमालेको जारी केन्द्रीय कमिटी बैठकले शुक्रबार बिशेष प्रस्ताव पारित गर्दै कैलालीको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटनाका दोषीलाई उन्मुक्ति नदिन सरकारलाई सचेत गराएको छ ।
लोकतान्त्रिक परिपाटी र कानुनी शासनमा आघात पुग्ने त्यस्ता घटनाको सन्दर्भमा गरिएको छानविन प्रतिवेदनमा प्रवेश नै नगरी दोषीलाई उन्मुक्ति दिँदा देशमा शान्ति सुरक्षा कायम राख्नुपर्ने निकायको मनोबल घटाउने र समाजमा संशय सिर्जना गर्ने एमालेको ठहर छ ।
गत वर्ष कैलाली जिल्लाको टीकापुरलगायत विभिन्न स्थानमा भएका आपराधिक हिंसात्मक घटना र ती घटनाबाट भएको जन धनको क्षतिबाट समग्र नेपाली समाज आहत भएको घटना ताजै छ ।थरूहट आन्दोलनका क्रममा आन्दोलनकारीहरूले टीकापुरमा एक बालकसहित ८ सुरक्षाकर्मीलाई हत्या गरेका थिए । आजको राजधानी दैनिकमा खबर छ ।


कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला


Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy