Ads

Monday, September 19, 2016

चट्याङ लागेर तीनको मृत्यु

Posted By: Samsung - 8:48 AM

Loading...


असोज ३, मोरङ । कोसीहरैंचा नगरपालिका–१ मा आज अपराह्न चट्याङ लागेर तीन बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोसीहरैंचा–१ का सीताराम उराउका १२ वर्षीय छोरा सन्देश , चन्द्र बस्नेतका सात वर्षीय छोरा चिराक र राकेश सुब्बाका आठ वर्षीय छोरा राहुल रहेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो । 

चट्याङ लागेर गम्भीर घाइते बनेका तीनै जनालाई उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेलगत्तै उनीहरुलाई चिकित्सकले मृत घोषणा गरेका थिए । चट्याङ लागेर कोसीहरैंचा–१ का उद्धव भट्ट्राईका १० वर्षीय छोरा रोजन र राजन भट्टराईका ११ वर्षीय छोरा अनन्त गम्भीर घाइते भएकामा दुवै बालकको प्रतिष्ठानमै उपचार भइरहेको छ । सबै बालक भेला भएर स्थानीय बाँस झ्याङमा खेलिरहेका बेला चट्याङ परेको थियो ।

भिडियो हेर्न तल क्लिक गर्नुहोस्:

Loading...



Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy