Ads

Wednesday, September 21, 2016

जनताले सम्भोग नगर्दा सरकारलाई चिन्ता

Posted By: Samsung - 6:43 PM

Loading...

हामीकहाँ जनताहरु उद्यमशील भएनन्, यौनहिंसामा वृद्धि भयो तथा दुर्गम ठाउँहरुमा जनसंख्याको वृद्धिदर पनि बढि भयो भनेर सरकारलाई चिन्ता हुँदो हो । तर जापानमा भने जनताले सेक्सप्रति रुचि नराख्दा सरकारको टाउको दुखेको छ ।
उसै त जापानीहरु निकै मेहेनती तथा काममा डुब्ने मानिसको रुपमा चिनिन्छन् । पछिल्लो समय जापानीहरु काममा यति डुब्न थालेछन् की उनीहरुमा सेक्सप्रतिको रुचि नै घटिरहेको छ र जापानमा भर्जिन युवायुवतीहरुको संख्या बढिरहेको छ । देशमा अविवाहित महिला तथा पुरुषहरुको संख्या पनि तिव्र रुपमा बढेर चिन्ताजनक अवस्थामा पुगेको छ जसका कारण बुढापाकाहरुको संख्याले ढाकेको जापानको जनसांख्यिकी झनै संकटमा परेको छ ।
जापान देशको जनसंख्याको अनुपातमा वृद्ध नागरिक सबैभन्दा धेरै भएको देश हो । यस्तो विकराल अवस्था हुँदाहुँदै तन्नेरी अवस्थाका जापानीहरुले बिहे नै गर्न छाडेपछि नयाँ बच्चा जन्मिने दर तिव्र रुपमा गिरावट आएको छ । सरकारले युवायुवतीहरुले बिहे गर्न तथा बच्चा जन्माउन प्रोत्साहन गर्दै नगद पुरस्कार लगायतका विभिन्न प्याकेट घोषणा गरिरहेको छ । तर मानिसहरु आफ्नो काममा यति व्यस्त छन् की उनीहरुसँग बिहे गर्ने तथा परिवार बसाउने फुर्सद छैन ।
जापान टाइम्सको रिपोर्ट अनुसार जापानीहरुमा गरिएको नयाँ सर्भेक्षणले १८ देखि ३४ वर्ष उमेरका ७० प्रतिशत अविवाहित पुरुष तथा ६० प्रतिशत अविवाहित महिलामा सेक्सप्रति कुनै रुची नै छैन । यो उमेर समूहका ४२ प्रतिशत पुरुष तथा ४४.२ प्रतिशत महिलाले आफुहरु अहिलेसम्म भर्जिन रहेको खुलासा गरेका छन् ।
यो सर्भेक्षण जापाने नेसनल इन्स्टिच्यूट अफ पपुलेसन एण्ड सोसल सेक्योरिटी रिसर्चले गरेको हो । सन् १९८७ मा गरिएको यस्तै खालको सर्भेक्षणमा ४८.६ प्रतिशत पुरुष र ३९.५ प्रतिशत महिला अविवाहित रहेको पाइएको थियो । सन् २०१० को सर्भेमा ३६.२ प्रतिशत पुरुष तथा ३८.२ प्रतिशत महिलाहरुले आफुलाई भर्जिन रहेको बताएका थिए ।

भिडियो हेर्न तल क्लिक गर्नुहोला

Loading...

Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy