Ads

Tuesday, September 27, 2016

पर्वतमा रहेको मुलुककै अग्लो झोलुङ्गे पुलमा ‘ब्रिज पार्क’

Posted By: Samsung - 5:04 AM

Loading...


असोज ११,पर्वत । सदरमुकाम कुश्माबजार नजिकै रहेको कुश्मा–ज्ञादी झोलुङ्गे पुलमा ब्रिज उद्यान निर्माण कार्य सुरु भएको छ । सैँतिसौँ पर्यटन दिवसका अवसरमा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनीले आज सो पार्कको शिलान्यास गर्नुभएको हो । पुल अवलोकनका लागि दैनिकजसो आउने पर्यटकलाई केही समय विश्राम गर्न र पुलसम्बन्धी अवलोकन गर्नुका साथै विभिन्न सभा, समारोह, गोष्ठीजस्ता कार्यक्रमसमेत सञ्ंचालन गर्न सहज होस् भन्ने उद्देश्यले बृज पार्कको निर्माण गर्न लागिएको पर्वत पर्यटन प्रवद्र्धन केन्द्रका अध्यक्ष शिव शर्मा पौडेलले जानकारी दिनुभयो । 

नेपाल पर्यटन बोर्ड पोखरा, जिविस पर्वत र कुश्मा नगरपालिकाको सहयोग तथा पर्वत पर्यटन प्रवद्र्धन केन्द्रको आयोजनामा बृज पार्कको निर्माणकार्य अघि बढाइएको हो । उक्त पार्कभित्र विभिन्न मनोरम दृश्य, बस्नका लागि कटेज, कार्यक्रम गर्नका लागि हल, शौचालय तथा मनोरञ्जनात्मक दृष्यहरु निर्माण गरिने छ । ऊर्जाखोलाका रुपमा परिचित मोदीखोला र पुलसँगै हेर्न र दृष्य लिन मिल्नेगरी डिलमा रेलिङसमेत निर्माण गरिने भएको छ । 

उक्त पार्क निर्माणका लागि रु २५ लाख लागत लाग्ने अनुमान गरिएको छ । पर्यटन बोर्डले पहिलो चरणमा रु तीन लाख उपलब्ध गराएको छ । एक वर्षभित्र सम्पन्न गर्ने गरी निर्माणकार्य अघि बढाइएको हो । यस्तै जिल्लाको अर्को अग्लो पुल बडागाउँ–मुडिकुवा पुलको निर्माण कार्य करिब ८० प्रतिशत पूरा भएको छ । अग्ला पुलबाहेक निजी क्षेत्रबाट निर्माण भएको कुश्मा–बलेवा यान्त्रिक पुल, प्रसिद्ध गुप्तेश्वर गुफा, अलपेश्वर गुफा, मोदीवेणी, हम्पाल, पञ्चासे, डहरे, गोर्लाङको लेक, शालिग्राम शिला, कालीगण्डकीमा जलयात्रा जस्ता स्थान जिल्लामा मुख्य पर्यटकीय केन्द्रका रुपमा विकास हुँदै गएका छन् । रासस 
कृपया भिडियो हेर्न तल क्लिक गर्नुहोला


Loading...

निकै मार्मिक दशैको गीत हेर्नुहोस्
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy