Ads

Tuesday, September 20, 2016

पाउलोनियाबाट मनग्य आम्दानी

Posted By: Samsung - 4:02 AM

Loading...


असोज ४, पोखरा, । सम्भावनाको खोजी गर्दै माटोसँग खेल्न जान्ने हो भने स्वदेशमै मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् लेखनाथ नगरपालिका– १७ चैनपुरका किसान खगेन्द्र अधिकारी ।

पाउलोनियाको बिरुवा उत्पादन गरी बिक्री वितरणबाट रु ३५ लाख आम्दानी गरेर उहाँ समाजका लागि अनुकरणीय बन्नुभएको छ । गृहलक्ष्मी मल्टी एग्रोफर्म संस्था दर्ता गरी उहाँले नर्सरीबाट करिब चार महिनाको आवधिमा ५० हजार पाउलोनियाका बिरुवा उत्पादन गरेर बिक्री गर्नुभएको छ ।

अधिकारीले प्रतिकिलो रु दुई लाख ५० तिरेर चीनबाट पाउलोनियाको बीउ खरिद गर्नुभएको हो । “बिरुवा बिक्री हुँदैनकी भन्ने चिन्ता थियो, तर अर्को वर्षको लागि समेत बिरुवाको माग हुन थालेकोछ,” उहाँले भन्नुभयो ।

कास्की, स्याङ्जा, पर्वत, गोर्खा, तनहुँलगायत जिल्लामा नर्सरीबाट प्रति बिरुवा रु १०० मा बिक्री गरेको उहाँले बताउनुभयो । नर्सरीमा हाल दुई जनाले प्रत्यक्ष रुपमा रोजगारी पाएका छन् । वार्षिक रु पाँच लाख आम्दानी हुने सुन्तालाका बोट मर्न थालेपछि परीक्षणका रुपमा लगाइएका बिरुवा फस्टाएपछि उहाँले पाउलोनिया उत्पादनसँगै वक्षरोपण समेत थाल्नु भएको छ ।

चैरनपुरमा २० रोपनी तथा कास्कीको देउराली गाविसमा ७० रोपनीमा चार हजारभन्दा बढी पाउलोनीयाका बिरुवा रोप्नुभएको छ । वृक्षरोपण गरेको दश वर्षमा काठको रुपमा प्रयोग गर्न सकिने पाउलोनीयाबाट उत्पादन सुरु भएपछि काठ र फर्निचर उत्पादन गरी बिक्रीबाट वार्षिक रु दुई करोड आम्दानी गर्ने उहाँको लक्ष्य छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस्
Loading...
पछिल्लो समयमा विभिन्न फलफूलमा देखिएका रोगका साथै जलवायु परिवर्तनका कारण परम्परागत रुपमा लगाइएका फलफूल एवम् रैथाने वनस्पति मर्न थालेपछि त्यसको विकल्पका रुपमा यस क्षेत्रका किसानको पाउलोनियाप्रति आकर्षण बढेको हो । निजीस्तरबाट पाउलोनियाको खेतीतर्फ आकर्षण बढेपनि व्यावसायिक खेतीतर्फ खासै पहल हुननसकेको जिल्ला वन अधिकृत प्रभात सापकोटा बताउनुहुन्छ ।

“अन्य रैथाने जातका बिरुवाका लागि पाउलोनिया घातक हुने हुँदा वन क्षेत्रमाभन्दा झाडी भएको ठाउँमा रोप्न उपयुक्त मानिन्छ,” उहाँले भन्नुभयो । अन्य बिरुवाको तुलनामा दश गुना बढी कार्बनडाईअक्साइड शोषण गर्ने र त्यतिनै बढी अक्सिजन बाहिर फाल्ने हुँदा पाउलोनिया जलवायु परिवर्तन अनुकुलनका लागि महत्वपूर्ण मानिएको छ ।

समुद्री सतहबाट ४०० मिटरदेखि दुई हजार ३०० मिटरसम्मको उचाइमा रोप्न सकिने पाउलोनियाको फस्टाउन माटोको पिएच पाँचदेखि आठसम्म हुनुपर्दछ । वृक्षरोपण गरेको १० वर्षमा एउटा बोटबाट ४० देखि ६० क्युफिट काठ उत्पादन भई रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म आम्दानी लिन सकिन्छ ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy