Ads

Thursday, September 29, 2016

विवाहपूर्वको यौनसम्पर्क पुरुषहरूले थाहा पाउलान् ?

Posted By: Samsung - 8:35 PM

म १८ वर्षीया युवती हुँ । मैले आजसम्म यौनसम्पर्क गरेकी छैन, तर बेलाबखत हातले छोएर तथा खेलाएर यौनअनुभव प्राप्त गर्थें । केही महिनापछि मेरो विवाह हुँदैछ । मेरो यो अनुभवका कारण विवाहित जीवनमा कुनै समस्या हुने त होइन ? पुरुषहरूलाई कुनै पनि महिलाले विवाहअघि नै यौनसम्पर्क गरेको वा नगरेको थाहा हुन्छ भन्ने कुरा कत्तिको सत्य हो ? सत्य हो भने पुरुषहरूले यस्तो कुरा कसरी थाहा पाउँछन् ?
उत्तर
– डा. राजेन्द्र भद्रा
यौनसम्पर्क गरे–नगरेको ?
तपाईंले यौनसम्पर्क नगरेको तर यौनांग खेलाएको कुरा लेख्नुभएको छ । यौन क्रियाकलाप विभिन्न किसिमका हुन्छन्, जस्तै– चुम्बन, यौनअंगको स्पर्श वा मर्दन, हस्तमैथुन । आफ्नै हातले यौनांग छुने वा योनिमा पसाउने कार्य हस्तमैथुन हो । कतिपयले योनि–लिंग मैथुनलाई मात्र यौनसम्पर्क मान्छन् भने यौनांगको संलग्नतासहित गरिने अन्य यौन क्रियाकलापलाई पनि यौनसम्पर्क मानिन्छ ।
विवाहमा के असर पर्ला ?
यौनसम्पर्क गरेकै भरमा विवाहित जीवन नचल्ने होइन, नत्र पुनर्विवाह गर्नेको जीवन जहिले पनि दु:खपूर्ण हुने थियो । कुनै यौन क्रियाकलापमा संलग्न भएकै कारण शारीरिक रूपमा यौनसुख लिनेदिने कार्यमा संलग्न हुन नसक्ने पनि होइन । यदि विवाहपछि विवाहअघिको यौन क्रियाकलापले कुनै असर पर्छ भने त्यस्तो असर मनोसामाजिक रूपमा देखा पर्छ । अर्को व्यक्तिसँग यौनसम्पर्क गरेको थाहा हुनुलाई धेरैले अप्रिय मान्छन् । यस्तो कुरा थाहा पाउने कुरा यौनांगको स्वरूप हेरेर होइन, कसैले भनिदिएर हुनसक्छ । आफैले यौनांग स्पर्श गरेको कुरा धेरैलाई अपाच्य लाग्दैन ।
यौनसम्पर्क र कौमार्यको कुरा
विशेष गरेर युवतीको कौमार्य भंग भए–नभएको कुराले निकै महत्त्व राख्ने गरेको पाइन्छ । कन्या कुमारीलाई अक्षत योनि भनिन्छ । कुनै व्यक्तिसँग यौनसम्पर्क राख्नु नै कौमार्य भंग हुनु हो । जैविक रूपमा यौनसम्पर्कको अनुभवहीनता नै कौमार्य भंग नहुनु अर्थात् कुमार वा कुमारी हुनु हो । धेरैजसो स्थितिमा कौमार्य भंग हुने कुरा किशोरी वा युवतीको वा भनौं महिलाको सन्दर्भमा गरिन्छ । त्यसैले होला, कुनै विवाहित दुलहीको कौमार्य परीक्षण गर्ने अनेक उपाय गरिएको भेटिए पनि यो कुरा विशेष गरेर महिलाको योनिच्छद दुरुस्त छ कि छैन भन्ने कुरामा भर परेको देखिन्छ । योनिच्छद योनिद्वारनजिक रहेको पातलो छालाको झिल्ली हो । पहिलो यौनसम्पर्कमा यही झिल्ली च्यातिने र यस क्रममा रगत आएको मानिन्छ र धेरै समाजमा यसैलाई कौमार्यको बलियो आधार बनाइएको पाईन्छ । यसमा कत्तिको सत्यता छ, हेरौं ।
विवाहपूर्वको यौनसम्पर्क थाहा पाउलान् ?
पहिलेको प्रेम तथा यौन सम्बन्धका बारेमा चर्चा गरिएन भने तपाईं यो अवस्थाबाट गुज्रनुभएको होला भन्ने कुरा थाहा पाउन सजिलो छैन । महिला यौनअंगको बनावटका सम्बन्धमा पुरुषलाई सामान्य जानकारी भए पनि तपाईंको योनिको बनावट वा स्वरूप यस्तै थियो भन्ने त थाहा हुँदैन भने यौनसम्पर्क राखेको कुरा थाहा पाउनु त अझ गाह्रो कुरा हो । आफूले विवाह गर्न लागेकी दुलही कुमारी हो वा होइन भन्ने चासो धेरै पुरुषलाई भए पनि पक्का हुन सजिलो छैन ।

Loading...

कुमारित्व थाहा पाउन योनिच्छद भए–नभएको कुरालाई नै मुख्य आधार बनाइएको पाइन्छ, तर वैज्ञानिक तवरले हेर्ने हो भने त्यसैलाई बलियो आधार मान्न सकिँदैन । किनभने कुनै–कुनै युवतीमा योनिच्छद जन्मजात नै नहुन सक्छ वा त्यसको राम्रोसँग विकास नै नभएको हुन सक्छ । प्रथम यौनसम्पर्क हुनुभन्दा पहिले नै कतिपय युवतीको योनिच्छद शारीरिक क्रियाकलापको दौरान च्यातिन सक्छ । कतिपय महिलाको योनिच्छद निकै लचिलो र तन्कन सक्ने हुन्छ ।
यस्तो स्थितिमा कतिपय महिलामा यौनसम्पर्क राखिसकेपछि पनि उक्त पातलो झिल्ली नच्यातिएको हुनसक्छ । यस्तो स्थितिमा कौमार्य भंग भए पनि योनिच्छद नच्यातिएको शारीरिक प्रमाणलाई आधार मान्दा कुरा निकै फरक पर्छ । देहव्यापारको क्षेत्रमा एकपल्ट पनि यौनसम्पर्क नराखेकी युवतीसँग पहिलो यौनसम्पर्क राख्न बढी रकम तिर्न तयार हुने पुरुष प्रसस्तै पाइन्छन्, त्यसैले उनीहरूलाई त्यसको अभिनय गर्न सिकाइन्छ भने अर्कातिर भिक्टोरियन युगमा बेलायतमा योनिच्छद च्यातिएको भान पार्न जुकाको प्रयोग गरिएका उदाहरणसम्म भेटिएका छन् । यसको निचोड के हो भने अन्य कुनै तरिकाबाट सूचना नपाएको स्थितिमा सामान्यत: पुरुषले महिलाले पहिले नै यौनसम्पर्क राखेको कुरा निश्चित रूपमा थाहा पाउन सक्दैनन् ।
पुरुषलाई महिला यौनांगसम्बन्धी ज्ञान ?
व्यक्तिको अनुहार, नाक, आँखा, केशजस्ता कुरा होस् वा उचाइ, शरीर, हात–खुट्टा आधारभूत कुरामा समानता भए पनि यी सबैमा केही न केही भिन्नता हुन्छ नै । यो कुरा यौनांगमा पनि लागू हुन्छ । महिलाको भगक्षेत्र, भगोष्ठहरू, योनि, भगांकुर अनि योनिच्छद सबै कुरामा विविधता हुन्छ । सामान्य रूपमा कुन व्यक्तिमा यसको आकार कस्तो हुनुपर्छ सजिलै भन्न सकिने कुरा होइन । युवतीमा कौमार्यको आधार मानिने योनिच्छदको आकार, बनावट तथा मोटाइ अनि त्यसको लचकता व्यक्ति–व्यक्तिअनुसार निकै फरक हुनसक्छ ।
यो पनि पढनुहोस  :

यौन सम्पर्क गर्न लाग्दा केही समयका लागी मात्र लिङ्ग उत्तेजित हुन्छ । के गर्ने होला ?

योनिद्वारको वरिपरि घेरा हालेजस्तो भए त्यसलाई बललगबिच योनिच्छद भनिन्छ भने उक्त झिल्लीको बीचबाट केही पट्टीजस्तो भए त्यसलाई योनिच्छद भनिन्छ । कुनै योनिच्छद चाल्नीजस्तै प्वाल–प्वाल परेको हुन्छ, जसलाई भनिन्छ । शिशु जन्माइसकेका महिलाहरूमा भने यसको केही अंशको घेरामात्र भएको पाइन्छ । विरलै मात्र यो पूर्ण रूपमा बन्द भएको अवस्थामा हुन्छ । अब तपाईं आफैं सोच्नुहोस् कि कुनै पुरुषले तपाईंले सोचेजस्तो योनिच्छद च्यातिएको वा विवाहपूर्व नै यौनसम्पर्क भएको कुरा कसरी थाहा पाउला ?

Loading...
@osnepal

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy