Ads

Monday, August 29, 2016

चितवनमा पर्यटन सूचना केन्द्र स्थापना हुने

Posted By: Samsung - 12:53 AM
Loading...

१३ भदौ, चितवन । नेपालकै तेस्रो पर्यटकीय गन्तव्य चितवनको रत्ननगर सौराहामा एक करोड ३१ लाखको लागतमा सुविधायुक्त ‘पर्यटन सूचना केन्द्र’ स्थापना हुने भएको छ ।
‘सूचना केन्द्र निर्माणका लागि ठेक्कासमेत भइसकेको छ,’ पर्यटन विभागका सिनियर डिभिजनल इन्जिनियर कोषनाथ अधिकारीले भने, ‘स्थान छनोट भएपछि काम सुरु हुन्छ ।’
पर्यटक विभागमार्फत बजेट परिचालन हुने गरी केन्द्र निर्माणको प्रक्रिया थालिएको उनले जानकारी दिए। चितवनमा पर्यटन सूचना केन्द्रको अभावले आएका पर्यटक उचित सूचना नपाउँदा प्रभावित हुँदै आएका छन् ।
सूचना केन्द्रका लागि सौराहा बसपार्क क्षेत्र र राप्ती किनारको निकुञ्ज छेउको क्षेत्र छनोट भएको छ । दुई स्थानमध्ये कुन ठाउँमा निर्माण गर्ने भन्ने टुङ्गो नलागेकाले फिल्डको काम तत्काल सुरु गर्न सकिएको छैन ।
क्षेत्रीय होटल सङ्घ चितवनका महासचिव राममणि खनालले पर्यटन प्रहरीको निगरानी रहने गरी सुविधायुक्त सूचना केन्द्र निर्माण गरिने बताए ।
(भिडियो हेर्नुहोस)

Loading...
उनले पर्यटकका लागि चाहिने जानकारी, वन र वन्यजन्तुका गतिविधि, आनिबानी, नेपालका पर्यटकीय क्षेत्र र चितवनको पर्यटकीय गन्तव्य, भौगोलिक अवस्था तथा सांस्कृति पहिचान सबै कुरा सूचना केन्द्रमा राखिने बताए ।
पर्यटक आएपछि कसैलाई सोधिरहनु नपर्ने गरी केन्द्र निर्माण गरिने उनको भनाइ छ ।
पर्यटन विभागबाट यसवर्ष सूचना केन्द्रसहित बसपार्क स्तरोन्नति, सोलार बत्ती तथा अन्य विभिन्न विकासका काममा सहयोग भएको पर्यटन व्यवसायी जीतु तामाङले जानकारी दिए ।
गुरुयोजना निर्माणका लागिसमेत बजेट माग भएको क्षेत्रीय होटल सङ्घले जनाएको छ ।
सौराहा नेपालकै तेस्रो पर्यटकीय गन्तव्य हो । यहाँ दैनिक दुई हजार ५०० पर्यटक बस्न मिल्ने क्षमता भए पनि आवश्यक भौतिक पूर्वाधार नहुँदा र नयाँ पर्यटकीय गन्तव्यमा पर्यटकलाई नलैजाँदा बसाइ लम्ब्याउन सकिएको छैन ।
Loading...
ADS POST2 (भिडियो हेर्नुहोस)

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy