Ads

Wednesday, August 31, 2016

एसएलसी ‘पूरक परीक्षा’को नतिजा सार्वजनिक

Posted By: Samsung - 7:00 AM
Loading...
१५ भदौ, भक्तपुर । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले आज साँझ प्रवेशिका (एसएलसी) पूरक अर्थात् स्तरवृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
कार्यालयमा बसेको बोर्ड बैठकको निर्णयानुसार नतिजा सार्वजनिक गर्दै परीक्षा नियन्त्रक कृष्णप्रसाद काप्रीले ६७ हजार ३३ जना परीक्षार्थीको स्तरवृद्धि भएको जानकारी दिए ।
४० जनाको नतिजा भने स्थगित गरिएको छ ।  परीक्षामा ३१ हजार ३६५ जना छात्र र ३५ हजार ७०८ जना छात्रा गरी ६७ हजार ७३ जना परीक्षार्थी सहभागी भएका थिए ।
एसएलसी परीक्षामा बढीमा दुई विषयसम्म सैद्धान्तिकतर्फ ‘डि’ र ‘ई’ ग्रेड ल्याउने नियमिततर्फ एक लाख आठ हजार ३२६ जना र आंशिकतर्फ ३९ हजार २५७ जना गरी कुल एक लाख ४७ हजार ५८३ जना सहभागी हुनुपर्नेमा कम विद्यार्थी मात्रै सहभागी भएका थिए ।
कार्यालयले परीक्षा गत साउन १४ गतेदेखि २१ गतेसम्म सञ्चालन गरेको थियो ।
Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy