Ads

Thursday, August 18, 2016

प्रधानमन्त्री प्रचण्डको सम्भावित भारत भ्रमण सेप्टेम्बरमा !

Posted By: Samsung - 5:46 AM

२ भदौ, काठमाडौं । प्रधानमन्त्रीका विशेष दूतका रुपमा उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधि भारत भ्रमणमा गएका छन् ।
निधि बिहीबार अपराहृन दिल्ली प्रस्थान गरेका हुन् । दिल्ली बसाईका क्रममा निधिले राष्ट्रपति विद्या भण्डारीले भारतीय समकक्षी प्रणव मुखर्जीलाई पठाएको नेपाल भ्रमणको निम्तोपत्र दिनेछन् ।
साथै नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको भारत भ्रमणको वातावरण बनाउन पहल गर्ने निधिले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण सम्भवत आगामी सेप्टेम्बरमा हुनसक्छ ।
आफ्नो भारत भ्रमणका क्रममा प्रधानमन्त्रीको भारत भ्रमणका एजेण्डाबारे समेत छलफल गर्ने उनले बताए ।
आफ्नो भारत भ्रमणको उद्देश्य नेपाल भारतको सम्वन्ध अझ सुमधुर बनाउनु भएको उनले बताए ।
प्रधानमन्त्रीका विशेष दूत निधिले दिल्लीमा शुक्रबार र शनिबार उच्चस्तरीय भेटवार्ता गर्नेछन् । यसक्रममा २०६२/६३ को आन्दोलनको समयमा नेतृत्वमा रहेका भारतीय नेताहरुसँग पनि भेट्ने र यसले पनि सम्वन्ध सुधारमा सहयोग गर्ने उनले बताए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy