काठमाडाैँ : बलिउड आइटम गल तथा मोडल राखी सावन्तले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरको प्रिन्ट गरेर आफ्नो पहिरन डिजाइन गरेकी छिन् ।
अमेरिकाको सिकागो शहरमा आयोजना भएको कार्यक्रममा पुगेकी राखीको पहिरनलाई लिएर अहिले सामाजिक संजालमा चर्को आलोचना भैरहेको छ ।
बलिउडमा विवादस्पद हर्कतै कारण राखीको चर्चा हुने गरेको छ । राखी जब सेलाउँछिन्, कुनै न कुनै हर्कत गर्छिन् र चर्चामा आउँछिन् । केही महिनादेखि राखीको चर्चा बलिउडमा खासै भएको थिएन । तर, उनले लगाएको पहिरनले फेरि चर्चा पाएको छ ।
राखीले लगाएको पहिरनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तस्बिरहरु प्रिन्ट गरिएको छ । राखीले प्रधानमन्त्री र मिडियाको ध्यान खिच्नका लागि यो हर्कत गरेकी हुन् ।




0 comments:
Post a Comment