Ads

Saturday, August 27, 2016

कर्मचारी, सेना, पुलिस र भिआइपीको तलब सार्बजनिक (सूचीसहित)

Posted By: Samsung - 7:29 AM

Loading...

काठमाडौं,  । चालु आर्थिक वर्षको बजेटमा उल्लेख भए अनुसार अर्थ मन्त्रालयले राष्ट्रसेवक कर्मचारीको नयाँ तलवमान सुविधा मंगलबार सार्वजनिक गरेको छ । नयाँ तलब सुविधा साउन एक गतेबाट लागू भएको छ ।
गत शुक्रबारको मन्त्रिपरिषद् बैठकले साउन १ गतेदेखि लागू हुने गरी नयाँ तलवमान तथा सुविधालाई स्वीकृत गरेपछि अर्थ मन्त्रालयले सार्वजनिक गरेको हो ।
सरकारले बजेटमार्फत सबै राष्ट्रसेवक कर्मचारीहरुको तलवमान औसत २५ प्रतिशतले बढाएको छ । तलबका अतिरिक्त ग्रेड र पेन्सन पनि बढेको छ ।
नयाँ तलवमान अनुसार राष्ट्रपतिको सबैभन्दा धेरै तलब १ लाख ५० हजार ४५० रुपैयाँ पुगेको छ । यसैगरी उपराष्ट्रपतिको १ लाख ८ हजार ३० र प्रधानमन्त्रीको ७७ हजार २८० रुपैयाँ तलब कायम भएको छ ।
उपप्रधानमन्त्रीको ६५ हजार २००, मन्त्रीको ६० हजार ९७०, राज्यमन्त्रीको ५७ हजार ७८० र सहायक मन्त्रीको ५६ हजार ४९० रुपैयाँ पुगेको छ ।
यस्तै सभामुखको ६७ हजार ३२०, उपसभामुखको ६० हजार ९७०, सांसदको ५५ हजार २३०, राष्ट्रिय योजना आयोगको उपाध्यक्षको ६० हजार ९७० र सदस्यको ५६ हजार ४९० रुपैयाँ पुगेको छ ।
यस्तै सर्वोच्च अदालतको प्रधानन्यायधिशको ७३ हजार ६८०, न्यायधिशको ६० हजार ९७० छ ।
यस्तै निजामति सेवा अन्तर्गत ग्रेड सुविधा समेत गरी मुख्यसचिवको ५८ हजार ८८०, सचिवको ५४ हजार ८४८, सहसचिवको ४९ हजार ५१६, उपसचिवको ४३ हजार ३४८, शाखा अधिकृतको ३८ हजार ६३६ रुपैयाँ पुगेको छ ।
प्रधानसेनापतिको ५८ हजार ८८०, नेपाल प्रहरी र शसस्त्र पहरी महानिरीक्षकको ५४ हजार ८४८ रुपैयाँ पुगेको छ ।
हेर्नुहोस् बढेको तलबको सूची


Loading...


Loading...

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy