Ads

Tuesday, August 16, 2016

अस्पतालले नै लुकायो सर्पदंशको औषधि

Posted By: Samsung - 9:35 AM

अस्पतालले नै लुकायो सर्पदंशको औषधि


नेपालगञ्ज : भेरीमालिका १ का ४८ वर्षीय जसबीर परियार आइतबार राती घरकै ओछ्यानमा सर्पले टोकेपछि रातारात अस्पताल पुर्‍याइयो । तर खलंगा स्थित जिल्ला अस्पतालले सर्पले टोकेको एन्टी स्नेक भाइल नभएको भन्दै त्यहाँबाट फर्काइदियो र रुकुमको चौरजहारी स्थित मिसन अस्पतालमा रिफर गर्यो । आफन्तले फेरि रातारात त्यहाँबाट चौरजहारी पुराए।
चौरजहारी मिसन अस्पतालमा पनि एन्टी स्नेक भाइल नभएकाले त्यहाँका डाक्टर कावेल बुढाले जाजरकोट अस्पतालका डाक्टर राजेन्द्र जिसीलाई एन्टी स्नेक भाईलका लागि अनुरोध गरे। डाक्टर जिसीले शुरुमा आलटाल गरेपनि पछि ८ देखि १० भाइल सम्म उपलब्ध गराईदिने बताए । बीरामीका आफन्तले चौरजहारीबाट रातारात जाजरकोट खलंगा आएर एन्टीस्नेक भाइल लगे । तर, त्यतिले मात्रै जसबीरको स्वास्थ्य अवस्था खतरामुक्त हुन सकेन।
थप भाइलका लागि पुनः जसबीरका आफन्तले डाक्टर जिसीलाई चौरजहारीबाटै फोनमा अनुरोध गरे । डाक्टर जिसीले अस्पतालमा भएको एन्टि स्नेक भाइल थोरै रहेकाले खाली गरेर दिन नमिल्ने जवाफ दिए । तर, आफन्तले निकै अनुरोध गरेपछि ५ भाईल सम्म उपलब्ध गराइदिनेमा सहमत भए । चौरजहारीबाट पुनः जसबीरका आफन्त ५ भाईल एन्टीस्नेकका लागि खलंगा अस्पताल दौडिए।

त्यतिले पनि जसबीरको होस खुलेन । जसबीरका आफन्तहरुले जसबीर बाँच्छन् भन्ने आशा समेत गुमाइसकेका थिए । सोमबार विहानै जसबीरका मीत भाई सहदेव बस्नेतले अस्पताल पुगेर डाक्टर जिसीलाई सर्पदशंको औषधि माग गरे । तर, डाक्टर जिसीले औषधि सकिएको र बाँकी भएको स्टक राख्नुपर्ने जिद्दी गरे । अस्पतालमा संचारकर्मीहरुको पनि उपस्थिति देखेपछि जिसीले फेरि ५ भाईल एन्टिस्नेकको औषधि सहदेवको हातमा थमाए । अहिले जसबीरको अवस्था खतराबाट मुक्त रहेको चौरजहारी मिसन अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।
डाक्टर जिसीले चौरजहारीका स्वास्थ्यकर्मीसँग फोनमा कुरा गर्दै तपाईहरु रिस्क नलिनुस्, रिफर गरिदिनुहोस् भनेर फोनमा कुरा गरेको सुनेको जसबीरका आफन्त जयबहादुर बस्नेतले बताए ।
यसबारेमा छानबिन गरी कारबाही गरिने निमित्त प्रमुख जिल्ला अधिकारी जनकराज शर्माले बताए । खलंगा अस्पतालका डाक्टर बोम बिसीसँग कुरा गर्दा एन्टीस्नेक भाईल नै सर्पले टोकेको पुर्ण औषधि नभएको र जिल्ला अस्पतालमा कृत्रिम श्वास दिने सुविधा नभएकाले चौरजहारी रिफर गरिएको बताए । अस्पतालको क्वाटरमा समेत बारम्बार सर्प आइरहने भएकाले केही भाईलहरु आफ्नालागि राख्नुपरेको डाक्टर बिसीले बताए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy