Ads

Tuesday, August 16, 2016

विर्तादेउराली बस दुर्घटना: मृतकका आफन्तद्वारा प्रदर्शन

Posted By: Samsung - 4:52 AM

श्रावण ३२, २०७३- विर्तादेउराली दुर्घटनाका मृतकका आफन्तले उचित क्षतिपूर्तिको माग गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालय र बनेपामा प्रदर्शन गरेका छन् । राजमार्ग अवरोध गर्न खोज्ने २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको थियो । प्रहरीले बल प्रयोग गरेर प्रदर्शनकारीलाई तितरवितर पारेको छ ।
उचित क्षतिपूर्ति र सिण्डिकेट खारेजीको माग गर्दै उनीहरुले नाराजुलुस गरेका थिए । २७ जनाको ज्यान जाने गरी विर्तादेउरालीमा भएको दुर्घटनामा मृतकका आफन्तले शव बुझ्न इन्कार गरेका छन् । सोही कारण बनेपास्थित शिर मेमोरियल अस्पतालमा शवको पोष्टमार्टम हुन सकेको छैन ।
उनीहरुले दोषीलाई कारबाही, उचित क्षतिपूर्ति, घाइतेको उपचार र आश्रित परिवारको पालनपोषणको माग अघि सारेका छन् । प्रहरीले दोषीलाई कारबाही गर्ने सुनिश्चित नगरीकन शव बुझेको व्यहोराको मुचुल्का तयार पारेकाले इन्कार गरेका मृतक ईन्द्रकुमारी तामाङकी आफन्त सुनिता तामाङले बताइन् ।
@ekantipur

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy