Ads

Wednesday, August 24, 2016

पर्साको ठोरीमा हात्ती आतङ्क

Posted By: Samsung - 9:22 PM



भदौ ९, वीरगन्ज । चितवन राष्ट्रिय निकुञ्जबाट निस्केको जङ्गली हात्तीको एक बथानले पर्सा जिल्लाको ठोरी गाउँमा आतङ्क मच्चाउन थालेपछि त्यस भेगका स्थानीयवासी आतङ्कित भएका छन् । 

रातको समयमा गाउँ पसेका जङ्गली हात्तीको उक्त बथानले स्थानीयवासीको घर भत्काउनुका साथै धानबाली नष्ट गर्न थालेको इलाका प्रहरी कार्यालय ठोरीले जनाएको छ । बुधबार साँझ गाउँ पसेका जङ्गली हात्तीले उपद्रो मच्चाउँदा स्थानीयवासीका तीनवटा घर भत्काउनुका साथै धानबाली नष्ट गरेको प्रहरी नायब उपरीक्षक टलकबहादुर भण्डारीले बताउनुभयो । 

ती जङ्गली हात्तीको बथानले ठोरी–३ बस्ने बुद्धिमान गोले, कालुमान तामाङ र पूरक विकको घर भत्काएर क्षति पुर्याएको छ । हात्ती आतङ्क बढेपछि स्थानीयवासी रातमा जाग्राम रहेर हात्ती धपाउने गरेको प्रहरीले जनाएको छ ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy