Wednesday, August 17, 2016
शाहरुख खान अमेरिकामा पक्राउ !
Posted By: Samsung - 1:24 AMबलिउडका चर्चित अभिनेता शाहरुख खान अमेरिकामा पक्राउ परेका छन् ।
खानलाई अमेरिकाको लस एन्जलसस्थित विमानस्थलबाट अमेरिकाको इमिग्रेसन विभागले पक्राउ गरेको हो ।
पक्राउ परेको बारे खानले स्वयम् ट्वीटमार्फत् जानकारी गराएका छन् ।
उनले ट्वीटमा भनेका छन् ‘विश्व कस्तो छ भन्ने मलाई थाहा छ र यसको सुरक्षाको पनि म सम्मान गर्छु ।
तर हरेक पटक अमेरिका आउँदा इमिग्रेशन विभागले पक्राउ गर्दा निकै हैरान भएको छु ।’ पक्राउ परेका खानलाई सोधपुछपछि छाडिएको छ ।
यसअघि पनि अमेरिकाले शाहरुखलाई पटक पटक पक्राउ गरेको थियो । उनी पक्राउ परेको तेस्रो पटक हो । सन् २००९ र २०१२ मा पनि उनी पक्राउ परेका थिए ।
त्यसबेला उनलाई केही घण्टा हिरासतमा राखिएको थियो ।
Filled Under
NEWS
About Samsung
Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.
Subscribe to:
Post Comments (Atom)


0 comments:
Post a Comment