Ads

Wednesday, August 17, 2016

सुब्रतको चलचित्र 'मनोरञ्जन' मा निशा र नाजिर

Posted By: Samsung - 7:58 PM

भदौ २, काठमाडौं । चलचित्र ‘अधकट्टी’ निर्देशन गरेका संचारकर्मी सुव्रत आचार्यले नयाँ चलचित्र ‘मनोरञ्जन’ निर्देशन गर्ने भएका छन् । चलचित्रले पैसा र यूवतीको कथालाई उठान गर्नेछ ।

पहिलो चलचित्र पनि कमेडी बिषयमा नै बनाएका सुव्रत दोश्रो चलचित्रलाई पनि यस्तै धारमा ढाल्ने तयारीमा छन् । कात्तिकको पहिलो साताबाट यो चलचित्रको छायांकन सुरु हुने उनले जानकारी दिए ।

यो चलचित्रमा नायिका नीशा अधिकारी, बर्षा राउतको  साथमा नाजिर हुसने, प्रमोद अग्रहरी लगायतका कलाकारले काम गर्ने चर्चा छ । सुव्रतले भने(‘सबै कलाकारसँग मौखिक कुरा भएको छ । सबैजना काम गर्न तयार छन् । तर, कागजी संझौता भएको छैन ।’

यस्तै, चलचित्रका लागि कलाकार प्रमोद अग्रहरीसँग पनि कुरा भैसकेको सुव्रतले जानकारी दिएका छन् । चलचित्रमा पटकथा तथा संवाद अभिमन्यू निरवीको रहनेछ । राइज म्यूजिकको ब्यानरमा तयार हुने चलचित्रमा सुवास थापाको प्रस्तुती रहनेछ भने विनोद सिंह यसका कार्यकारी निर्माता हुन् ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy