Ads

Saturday, August 20, 2016

फुटबलमा बढ्दो ‘क्रेज’

Posted By: Samsung - 2:57 AM

निशान राउत बेंसीसहरस्थित युनिभर्सल एकेडेमीमा अध्ययन गर्छन् । उनी हरेक बिहान २ घण्टा सहजी मैदानमा फुटबलको अभ्यासमा जुटेका हुन्छन् ।
राजीव राउत, सुमन गुरुङ र प्रियस गुरुङलगायत उनका साथी पनि त्यही मैदानमा उनीसँगै सीप तिखारिरहेका छन् । ‘दुई सातादेखि हामीले बिहान फुटबल खेल्न थालेका छौं,’ निशानले भने, ‘पढाइ सँगसँगै खेल पनि आवश्यक हुन्छ ।’ ‘भविष्यमा खेलाडी बन्ने उद्देश्यले अहिलेदेखि नै मिहिनेत गरेको हुँ’ सुमनले भने, ‘बिहानै उठेर खेल्दा र दौडिँदा दिउँसो पढ्ने जाँगर बढेर आउँछ ।’
विद्याविकास उच्चमाविका राजन महतले सानैदेखि फुटबल खेलेकाले अहिले बानी परिसकेको बताए । ‘स्कुलमा ठूलो खेलमैदान छैन । दिउँसो खेल्दा पढाइमा बाधा पुग्छ,’ महतले भने । भूपू सैनिक आवासीय उमाविमा कक्षा ७ मा अध्ययनरत अशोक तामाङ १३ वर्षका भए । उनले तीन वर्षयता फुटबल खेल्दै आएको बताए । ‘पहिले कहिलेकाहीं खेल्थें । अहिले सधैं खेल्न थालेको छु,’ उनले भने, ‘दिउँसो पढ्ने, साँझ होमवर्क गर्ने र बिहान फुटबल खेल्ने समय नै बनाएको छु ।’
प्रशिक्षक एवं खेलाडी इन्द्र रानाले लमजुङ फुटबल एकेडेमी खोलेका छन् । यही एकेडेमीबाट अहिले यू–१२ मा २८ र यू–१४ मा ४ जनाले प्रशिक्षण लिइरहेका छन् । ‘फुटबलको क्रेज बढ्दै गएकाले एकेडेमी नै खोलेर प्रशिक्षण दिन थालेका हौं,’ रानाले भने, । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष गोविन्द बस्नेत अहिले गाउँ–सहर जताततै फुटबलको क्रेज बढेको बताउँछन् । ‘गाउँगाउँमा खसी, राँगा र कुखुराको भाले बाजी
राखेर फुटबल प्रतियोगिता हुन्छ,’ उनले भने । त्रिवेणी युवा क्लबका अध्यक्षसमेत रहेका बस्नेतले क्लबले जिल्लाकै सर्वाधिक पुरस्कार राशिको फुटबल प्रतियोगिता पुसमा सञ्चालन गर्दै आएको बताए ।

About Samsung

Hi, I am Hafeez Ullah Khan. A webdesigner, blogspot developer and UI designer. I am a certified Themeforest top contributor and popular at JavaScript engineers. We have a team of geeks and professinal programmers, developers work together and make unique blogger templates.

0 comments:

Post a Comment

© 2016 - Blogger Templates Designed by: Templatezy